५ पुस २०८२, शनिबार | December 20, 2025

संसद अधिवेशन आजै साँझबाट अन्त्य गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

केहीबेर अघि बसेको मन्त्रिपरिषद्को बैठकले आजै बिहीबार बेलुका ५ बजेबाट अधिवेशन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र जारी अन्तसंघर्षकै बीच सरकारले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका थिए ।

अधिवेशन अन्त्य भएसँगै प्रधानमन्त्री ओलीलाई आफुअनुकुल अध्यादेश जारी गर्न बाटो खुल्ने भएको छ ।

सरकारले गत बैशाखमा ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी विधेयक पार्टीभित्र र बाहिरको चर्को विरोधका कारण फिर्ता लिएको थियो ।

संसद अधिवेशन अन्त्य भएसँगै प्रधानमन्त्रीले सो विधेयकलाई अध्यादेशको रुपमा पुनः जारी गर्नसक्ने अवस्था रहने छ । यो अध्यादेश जारी भएमा कुनै पनि राजनीति दल विभाजनका लागि ४० प्रतिशत संसद सदस्य या पार्टी केन्द्रीय कमिटीको ४० प्रतिशत सदस्यको सहमतिसहितको हस्ताक्षर भए पुग्ने छ ।

यसअघिको प्रावधानअनुसार राजनीति दल विभाजन गर्न संसदीय दल र पार्टी केन्द्रीय कमिटीमा ४० प्रतिशत सदस्यको सहमति आवश्यक पथ्र्यो ।

पार्टीभित्रको जारी विवादका बीच यदि यो अध्यादेश जारी भएमा नेकपाको अन्तसंघर्ष नयाँ मोडमा प्रवेश गर्नेछ ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेकपाको स्थायी समितिको बैठक बसिरहेको छ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  १ : ०४ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य