२३ माघ २०७९, सोमबार | February 7, 2023

सप्तरीमा चट्याङ्ग लागेर वृद्धको मृत्यु



सप्तरी । वर्षासँगै आएको चट्याङ्ग लागेर सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहाका एक वृद्धको विहीबार मृत्यु भएको छ ।

खेतमा हलो जोत्न गएका ७० वर्षीय धर्मी साहको मृत्यु भएको स्थानीय रामलखन मुखियाले बताउनुभयो । गम्हरिया प्रवाहा गाविसका पूर्वअध्यक्षसमेत रहेका मुखियाका अनुसार खेतमा हलो जोतिरहेका बेला पानी पर्न थालेपछि साह रुखमुनि ओत लागेका बेलामा चट्याङ् लागेको हो ।

चट्याङ लागि गम्भीर घाइते भएका साहलाई १६ वर्षीया नातिनी कञ्चनाकुमारी साहले उठाउन खोज्दा उनलाई पनि करेन्टको झट्का लागेको थियो । कञ्चनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीको टोलीले शवलाई परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेको छ । खेतमा काम गरिरहेको समयमा चट्याङ्ग लागेर प्रदेश २ मा ६ जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले चट्याङ लागेर बारामा चार जना, सप्तरी र सर्लाहीमा एक/एक जनाको मृत्यु भएको बताउनुभयो ।

त्यस्तै चट्याङ लागेर बारामा सात जना तथा सप्तरी र सर्लाहीमा एक/एकजना घाइते भएको र उनीहरुको उपचार भइरहेको पनि उहाले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ६ : ४३ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले मध्यरातीबाट लागु हुने गरि पेट्रोलियम

कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सकेन : बिजुक्छेँ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली

सासु कुट्ने बुहारीलाई ३ महिना जेल पठाइयो

अछाम । अछाम जिल्ला अदालतले ५३ वर्षीया सासू कुटपिट घटनामा

छ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा कूल रु पाँच

नागरिक उन्मुक्तिका सांसद चौधरीको मुद्दामा उच्च अदालतबाट अन्तरिम आदेश दिन अस्विकार

धनगढी । नागरिक उन्मुक्ति पार्टीका सचेतक तथा प्रतिनिधिसभा सदस्य अरुणकुमार