१ कार्तिक २०८३, शनिबार | October 17, 2026

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन



बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७१ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ ।

खानले हवा हावाइ, ढक ढक र एक दो तीनलगायतका दर्जनौ चर्चित गितको नृत्य निर्देशन गरेकी थिइन । उनी बलिउडमा झण्डै चार दशक सक्रिय भएकी थिइन ।

तीन पटक राष्ट्रिय अवार्ड विजेता खान पछिल्लो केही समयदेखि अस्वस्थ भएकी थिइन । उनलाई गत जुन २० मा गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना परिक्षण समेत गरिएपनि संक्रमण भने नदेखिएको चिकित्सकहरुले बताएका छन् ।

“उनको गएराती २.३० मा अस्पतालमै निधन भयो,” खानका भान्जा मनिष जग्वानीले पिटिआईसँग भनेका छन्।

खानका एक छोरा राज खान र छोरी सुकैना खान रहेका छन् । उनको निधनप्रति भारतका सयौँ कलाकार र लाखौँ सुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ५ : ३६ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ