१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

कोभिड-१९ ले अव उद्योग बाणिज्य महासंघको निर्वाचन रोकिंदैन : उपाध्यक्ष चन्द्र ढकाल



काठमाडौं । कोभिड १९ का कारण निर्धारित मितिमा हुने वा नहुने आशंकामा परेको नेपाल उद्योग बाणिज्य महासंघको महाधिवेशनका सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउन २६ र २७ गते नै महासंघको महाधिवेसन हुने दाबी गरेकाछन् ।

गत चैतमा गर्नुपर्ने महाधिवेसन कोभिड १९ रोकथामका लागि जारी गरिएको लकडाउनका कारण साउन २६ र २७ गते सारिएको थियो । उपाध्यक्ष ढकालले महामारीको अवस्था कायम रहेपनि महाधिवेसन नसर्ने बताए । शुक्रबार चन्द्रागिरी हिल्सको अवस्थाका बारेमा जानकारी दिन चन्द्रागिरी पुगेका उपाध्यक्ष ढकालले पत्रकारहरुसँग कुरा गर्दै तोकिएको मितिमै महाधिवेसन गर्ने गरी महासंघका कार्यक्रमहरु अगाडि बढेको बताए । महाधिवेसनका लागि काठमाडौंमा आउनुपर्ने १ सय ५ जिल्ला नगर उद्योग वाणिज्य संघका नेतृत्व र वस्तुगत संघका नेतृत्व सहित गरी करिब ४ सयको संख्यामा रहने प्रतिनिधिलाई सामाजिक दुरी कायम गरी महाधिवेशनको ब्यवस्थापन गरिने उनले बताए ।

उनले लकडाउन भन्दा पहिला चुनावी क्रियाकलापहरु बढेको भएपनि सहमतिमा चुनावमा सहभागिता जनाउन सकिने ठाउँ बांकी नै रहेको स्पष्ट पारे । वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेका ढकालले चुनावलाई केन्द्रीत गरेर कुनै गुटगत राजनीति नगरेको बताए ।

उपाध्यक्ष ढकालले स्वास्थ्य सुरक्षाका पोर्टोकलहरुलाई कार्यान्वयन गरी व्यवसायिक क्षेत्र खोल्न सरकारले वातावरण बनाउनुपर्ने माग महासंघले राख्दै आएको बताउंदै सबै क्षेत्रका उद्योग व्यवसायलाई ५० प्रतिशतको क्षमतामा चलाउने गरी पोर्टोकल तयार गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान जानुपर्ने बताए । उनले पर्यटकीय स्थल मात्र नभएर होटल व्यवसाय, एयरलाइन्स लगायतका क्षेत्रलाई पनि सुरक्षित रुपमा सञ्चालन गर्न दिनुपर्ने माग गरे ।

सरकारले असार १ गतेदेखि आंशिक रुपमा व्यवसाय गर्ने वातावरण बनाएको तर व्यवसायका क्रियाकलापहरु प्रभावित भएकाले अझै व्यवस्थित पोर्टोकल तयार गरी सबै क्षेत्रलाई खोल्नुपर्ने उनको भनाई छ । कुनै एक क्षेत्रमात्रै खोल्दा अर्थतन्त्र चलायमान हुन नसक्ने भएकाले पर्यटकीय क्षेत्र मात्रै नभई होटल तथा एयरलायन्सलाई समेत खोल्नुपर्नेमा उनले जोड दिए ।

नेपालमा कोभिड १९ को महामारी प्रवेश गर्नु अघि महासंघको चुनावी माहोल तातेको भएपनि सरकारले लकडाउन जारी गरेपछि माहासंघको चुनावी सरगर्मि एक्कासी सेलाएको थियो ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  १० : ४१ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै