१४ माघ २०७९, शनिबार | January 28, 2023

बझाङको केदारस्युँ गाउँपालिकामा पहिरो, स्थानीय भन्छन : १७ घर पुरिए



कैलाली । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बताएका छन् ।

क्षतिको एकिन विवरण भने आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भन्नुभयो, ‘पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइसकेको छैन ।’ उहाले बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई पनि घटनास्थलमा जान भनिएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले पनि प्रहरीहरु घटनास्थलमा पुग्न नसकेकाले क्षतिको विवरण आइनसकेको बताउनुभयो । डिएसपी बमले भन्नुभयो, ‘पहिरोले बाटो पनि बगाएको छ । खोलामा बाढी पनि आएको छ । त्यसैले हाम्रो टोली पहिरो गएको भनिएको स्थानसम्म पुग्न सकेको छैन र क्षतिको विवरण पनि प्राप्त भएको छैन ।’

स्थानीय लोकेन्द्र विकका अनुसार अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र ७ जना बेपत्ता भएको जानकारी दिनुभएको छ । यो सामाग्री सुदुरडेलिबाट लिइएको हो ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ७ : ५२ बजे

निर्माण सामग्री अभावमा मालढुङ्गा–बेनी सडक ठप्प

पर्वत। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीबजार जोड्ने

धावन मार्गको हिउँ पञ्छाएपछि जुम्लामा हवाई सेवा सुचारु

जुम्ला । जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ पञ्छाएपछि हवाई सेवा

‘फुलवारी’ हेरिदिने दर्शक बोलाउन चलचित्र कलाकारहरु बुटवल पुगे

बुटवल । नयाँ निर्माण भएको चलचित्र प्रचार प्रसार अभियानका देश

चितवनमा चेक बाउन्सका उजुरी बढे

चितवन । जिल्लामा चेक बाउन्सका मुद्दा बढ्दो क्रममा रहेका छन्

१८ सय मिटर सडक ६८ महिनामा पनि सकिएन

खजुरा । बाँकेको खजुरामा ठेक्का लिएको साढे पाँच वर्ष बिते