२३ जेष्ठ २०८०, मंगलबार | June 7, 2023

बाँकेमा थपिए ५ संक्रमित, जिल्लामा संक्रमित हुनेको संख्या ३ सय ६८



नेपालगञ्ज । पछिल्लो समय घट्दै गएको कोरोना संक्रमणको रेकर्डलाई पछि पार्दै बांकेमा आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका थप ५ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालका अनुसार शनिवार थपिएका नयाँ संक्रमितमा जानकी गांउ पालिका ३ का २७ बर्षीया महिला, राप्तिसोनारी ७ का ४० बर्षीय पुरुष, कोहलपुर नगरपालिका ३ का ३१ बर्षीय पुरुष, १० का ४५ बर्षीय पुरुष र बैजनाथ २ का ३५ बर्षीय पुरुष रहेका छन् ।

शनिबार थप भएका ५ जना सँगै बाँकेमा संक्रमितको संख्या ३ सय ६८ पुगेको छ । दुई जनाको मृत्यु भइसकेको छ भने आज मध्यान्ह सम्म आइसोलेसनमा २८ जना मात्र रहेका छन् । बांकेमा ३ सय ३८ जना निको भएर घर फर्केकाछन् भने २ जनाको मृत्यु भएको छ । बांकेमा आज सम्ममा ७ हजार ३ सय ९४ जनाको पीसीआर र ८ हजार ९ सय ४ जनाको आरडीटी परिक्षण भईसकेको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ४ : २३ बजे

एमालेमा बुढा नेताहरुले आजीवन पद ओगट्न पाउने बाटो खुलाइयो

काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेरहद हटाउने भएको छ

रेशम चौधरी आममाफी प्रकरण : सर्वोच्चले दिएन उत्प्रेषणयुक्त परमादेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम

पुर्ख्यौली पेसा छोड्दैछन् गन्धर्व

दाङ । गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वहरु

कल बाइपास आरोपमा एक चिनियाँसहित दुई जना पक्राउ

काठमाडौं । कल बाइपास गरेको आरोपमा एक जना चिनियाँसहित दुई