२९ भदौ २०८३, सोमबार | September 15, 2026

गोरखामा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा अवरोध, प्रहरीबाट हवाईफायर



गोरखा । शनिबार बिहान मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयबासिन्दाले अवरोध गरेपछि प्रहरीसँग झडप भएको छ । त्यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ ।

गोखराको पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापन गर्ने विषयमा स्थानीय बासिन्दाले अवरोध गरेका थिए ।

जिल्ला सुरक्षा समितिले मृतकको शवलाई गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ को सीमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । तर, त्यस क्षेत्रका बासिन्दाले आफ्नो क्षेत्रमा कोरोना संक्रमितको शव व्यवस्थापन गर्न पाईंदैन भन्दै विरोध गरेका थिए ।

असार १६ गते कतारबाट आएका ती पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको थियो ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएका व्यक्तिबाट कोरोना नसर्ने भन्दै शव व्यवस्थापनमा अवरोध नगर्न सबैपक्षलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ५ : ०४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ