५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

संसदको विजनेशसँग पार्टीको एजेण्डाले मेल खाँदैनन् : मन्त्री अर्याल



काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले स्थायी समितिका एजेण्डासँग संसदको कारवाही मेल नखाने जिकिर गरेकी छिन् ।

९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकका एजेण्डा र संसद अधिवेशनको कुराहरु नितान्त फरक भएको बताएकी हुन् ।

संसद कहिले सुरु गर्ने, कहिले अन्त्य गर्ने, संसदलाई के विजनेश दिने भन्ने कुरा सरकारको भएकाले नेकपाको स्थायी समितिका एजेण्डासँग कुनै पनि हालतमा मेल नखाने अर्यालको जिकिर थियो ।

बजेट ल्याउनका लागि मात्रै सरकारले संकटको बेला संसद अधिवेशन सुरु गरेको उल्लेख गर्दै उनले भनिन, ‘अहिले छलफलका कुनै एजेण्डा र विजनेश नभएकाले बन्द भयो ।’

पार्टीको स्थायी समिति बैठकका एजेण्डा र चालु संसद अधिवेशन मेल खाँदैन । अधिवेशन कहिले बोलाउने, कहिले बन्द गर्ने, संसदलाई के विजनेश दिने त्यो सरकारको कुरा हो’, अर्यालले भनिन, ‘हामीले बजेट ल्याउनु थियो । यस्तो महामारीमा पनि अधिवेशन बोलाउनु प¥यो बोलायौँ । बजेट पास भयो केही विधेयकहरु छलफल गर्नुपर्ने थिए सहमति जुटेन विजनेश थिएन् । संसद भनेको रत्यौली खेल्नका लागि चलाइरहने संस्था होइन् नी । त्यसैले रत्यौली खेल्न संसद चाहिएन् । एजेण्डा थिएन विजनेश थिएन सरकारले रोक्यो । यसमा स्थायी समिति र यसको कहि मेल खाँदैन ।’

मन्त्री अर्यालले पछिल्ला घटनाक्रमहरुले विकास निर्माणका काममा अवरोध पु-याएको पनि जिकिर गरिन ।

सरकारले व्यवसायीहरु माथिको जोखिम न्यूनिकरणका लागि काम गरिरहेको भएपनि अहिले परिस्थितिले जोखिम सिर्जना गरेको उनको भनाइ थियो ।

विकास निर्माणका क्षेत्रमा सरकारले गरेका कामहरुको परिणाम देखिने समयमा अहिलेको परिस्थितिले ‘डिस्र्टब’ गरेको उनको भनाई थियो ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ५ : २८ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही