२८ चैत्र २०८२, शनिबार | April 11, 2026

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आरोप, – कराँची स्टक एक्सचेन्ज हमलामा भारतको हात



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कराँची स्टक एक्सचेन्च हमलाको दोष भारतलाई लगाएका छन् ।

गत सोमबार (२९ जुन)मा पाकिस्तानको आर्थिक शहर कराँचीस्थित कराँची स्कट एक्सचेन्ज भवनमा चार बन्दुकधारीले अन्धधुन्ध हमला गरेका थिए ।

पाकिस्तानी सुरक्षाकर्मीले प्रत्याक्रमण गरी बन्दुकधारीको हत्या त गरेका थिए तर भिडन्तमा दुई सुरक्षा गार्ड र एक पुलिस सबइन्पेक्टरको पनि मृत्यु भएको थियो ।

सो हमलाको जिम्मेवारी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सक्रिय चरमपन्थी पृथकतावादी गुट बलुलिचस्तान लिवरेसन आर्मी (बीएलए)ले लिएको थियो ।

पाकिस्तानी अखबार जंगका अनुसार हमलाको अघिल्लो दिन पाकिस्तानी संसदमा बोल्दै प्रधानमन्त्री इमरान खानले सो हमला भारतले गराएको कुनै शंका नभएको बताएका थिए । प्रधानमन्त्री खानले पाकिस्तानलाई अस्थिर बनाउनका लागि षड्यन्त्र गरिएको दाबीग रेका थिए ।

बलुचिस्तान लिवरेशन आर्मी बीएलएको भारतसँग सम्बन्ध रहेको पाकिस्तानले दाबी गर्दै आएको छ ।

बीबीसीमा लेखिए अनुसार पाकिस्तानी पत्रिका जंगले बीएलए चीन पाकिस्तान इकोनोमिक कोरिडोर (सीपेक) उद्घाटन पछि भारत बलुचिस्तानमा सक्रिय भएको जनाएको छ र त्यहाँ सक्रिय चरमपन्थी लडाकु संगठनहरुमार्फत विभिन्न हमलाहरु गर्ने गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले बलुचिस्तानका चरमपन्थी संगनललाई मद्दत गरेको स्वीकार गरेको पनि जंगले दाबी गरेको छ ।

त्यसो त, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१६ को भारतीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा दिल्लीको लाल किल्लाबाट गरेको भाषणमा बलुचिस्तानको विषयमा निकै शब्द खर्चिएका थिए ।

भारतीय सरकारी टेलिभिजन च्यानल दुरदर्शनले त्यसको केही दिन पनि २७ अगष्टमा बलुच नेता ब्रम्हादाग खान बुग्तीको अन्तर्वार्ता प्रसारण गरेको थियो । अन्तर्वार्ता लिनैका लागि दुरदर्शनको टिम स्वीजरल्याण्डको जेनेभा पुगेको थियो ।

पाकिस्तानले मोदीको भाषणबाट बलुचिस्तानमा चरमपन्थीहरुको मद्दत गरेको बताउँदै आएको छ । यद्यपी, भारतले पाकिस्तानको यो आरोपलाई अस्वीकार गर्नेगरेको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ८ : १९ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र