१६ चैत्र २०७९, बिहिबार | March 30, 2023

कोरोना भाइरसबाट एक सातामा विदेशमा रहेका १३ नेपालीको मृत्यु



लन्डन । कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गयो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना नेपालीको निधन भएको हो ।

समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ देशमा संख्या १ सय ४३ जना नेपालीको कोरोना संक्रमणले ज्यान गएको हो ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, ओमान लगायत देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्युन हुदै गइरहेको तथ्यांकले देखाउँछ ।

समितिका अनुसार शनिवार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २ सय २६ जना गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् ।

नेपालमा १५ हजार ४ सय ९४ जनामा कोरोना संक्रमण देखिए पनि हाल सम्म ६ हजार ४ सय १५ जना कोरोना मुक्त भएका छन् । यस्तै ३४ जनाले ज्यान गुमाएका छन् । एनआरएनएका अनुसार हाल सम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

१८ हजार २ सय ९३ जनाको उद्धार
यसै बीच कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि बिभिन्न देशमा रोकिएका नेपालीहरुको उद्दारको काम तीब्रता दिइएको छ ।

एनआरएनए र विदेशस्थित नेपाली कुटनीति नियोगको संयुक्त पहलबाट जुनको पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार २ सय ९३ जनाको उद्दार गरिएको छ ।

अफगानिस्तान, अष्ट्रेलिया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, वंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, युएई, साउदी अरब, सिंगापुर, हङ्गकङ्ग, पाकिस्तान, बहराइन, अमेरिका र बेलायत लगायतका देशमा रहेका नेपालीहरु नेपाल फर्किका छन् ।

यसैबीच विदेशमा निधन भएका नेपालीको ३ सय ५२ शव मध्ये १ सय १५ जनाको शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ भने बाँकी १०५ शवको व्यवस्थापनको काम बाँकी रहेको छ । ती शव मध्ये १ सय ३२ जना नेपालीहरुको शव परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ९ : ११ बजे

साउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र

काठ्माडौं । वैदेशिक रोजगारीका लागी साउदी अरेबिया पुगेका युवा अलपत्र

सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितका बिचको आज वार्ता

काठमाडौं । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समुहका

प्रचण्ड नेतृत्वको सरकारले पुर्णता पाउँदै, आज नयाँ मन्त्रीहरुले सपथ लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफनो सरकारको विस्तार

लुम्बिनीमा आजदेखी राष्ट्रिय मिडिया सम्मेलन

बुटवल । नेपाल पत्रकार महासंघको आयोजनामा लुम्बिनीमा दुई दिने राष्ट्रिय

मन्त्रालय टुंग्याउन सत्ता गठबन्धनको बैठक ८ बजे बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बिहान ८ बजे बस्दैछ