२५ जेष्ठ २०८०, बिहिबार | June 8, 2023

मेलम्ची सुरुङमा पानी पठाउन सुरु, आयोजना नयाँ चरणमा प्रवेश



काठमाडौं । सरकारले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण नयाँ चरणमा प्रवेश भएको जनाएको छ ।

आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न भएको बारे जानकारी दिन खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्चीको उद्घाटन छिटै गरिने जानकारी दिइन ।

आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पानी पठाइएको छ । सुरुङ मार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेश प्रसाद खत्रीले सुरुङमा पानी हालि सकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी बितरणको प्रक्रिया सुरु गरिने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना सम्पन्न गरिएको जानकारी पाउँदा आफूलाई गौरव बोध भएको बताइन । मन्त्री मगरले भनिन, ‘मेलम्चीबारे थुप्रै आशंकाहरु थिए । आम जनतामा निरासा थियो । मेलम्ची कतै दन्त्यकथा हुने त होइन भन्ने खालका चिन्ताहरु पनि थिए । तर, हामीले चुनौतीसँग जुध्यौं । ती सबै आशंकाहरु, अन्यौलताहरु, गलत प्रचारहरु हटाएर रातदिन काममा खटिरह्यौं । आज आयोजना सम्पन्न भएको छ । यो हाम्रा लागि ऐतिहासिक उपलब्धी हो ।’

मन्त्री मगरले आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन । मन्त्री मगरले भनिन, ‘मेलम्ची आयोजना निकै लामो समयदेखि सुरु भएको आयोजना हो । मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि निकै मेहेनतका साथ आयोजना सम्पन्न गर्न लागिरहें । आयोजना सम्पन्न गर्ने क्रममा थुप्रै चुनौतीहरु आए, अनेकौं गलत प्रचारहरु गरिए । तर, हिम्मत नहारिकन हामी अगाडि बढ्यौं । त्यसकै प्रतिफल आजको उपलब्धी हासिल गरेका छौं । यसले हामी सबै नेपालीको शीर उच्च भएको छ ।’

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले निकै चुनौतीपूर्ण आयोजना सम्पन्न गरिएको बताए । उनले आयोजनाको निर्माण कार्य सम्पन्न भएको र अब छिटै उद्घाटन गरेर मेलम्चीको पानी काठमाडौं उपत्यकामा बितरण गरिने जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ५ : ३५ बजे

रामायणमा रणवीर र आलिया राम-सीता

मुम्बई, २५ जेठ । फिल्म निर्माता तथा निर्देशक नितेश तिवारीको

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०/८१

लागुऔषधसहित एकजना पक्राउ

झापा।  बिर्तामोड नगरपालिका-७ हल्दिबारी जाने बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो

जहाज किन्न लाग्दा घेराबन्दी सुरू गरियो :मन्त्री किराँती

खोटाङ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज किन्न

इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल

एजेन्सी । इरानले आफ्नो पहिलो हाइपरसोनिक मिसाइल विश्वसामु प्रक्षेपण गरेको