१५ चैत्र २०८२, आइतबार | March 29, 2026

सरकारी नीतिकै कारण उद्योग–व्यवसाय फस्टाउन सकेन : उद्योगी व्यवसायी



काठमाडौं । उद्योगी व्यवसायीहरुले सरकारी नीतिका कारण नेपालमा उद्योग व्यवसाय फस्टाउन नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उपस्थित भएका उद्योगी व्यवसायीहरुले असमान नीति नियमका कारण उद्योग व्यवसाय फस्टाउन नसकेको बताएका हुन् ।

नेपाल उद्योग वाणिव्य महासंघका पूर्व अध्यक्ष प्रदीप कुमार श्रेष्ठले उद्योगका लागि आयात गरिने कच्चा पदार्थ र बजारमा आउने तयारी वस्तुको भन्सार ड्युटीमा हुने फरकले गर्दा नेपाली उद्योगहरु समस्यामा पर्ने गरेको बताए । श्रेष्ठले तयारी वस्तुमा भन्दा कच्चा पदार्थमा भन्सार ड्युटीमा सहुलयित हुनुपर्ने माग गरे ।

देश भित्र आह्वान हुने ठूला टेण्डरहरुमा स्वदेशी उद्योगले सहभागिता जनाउन नसक्ने गरी नीतिहरु बन्ने गरेकाले उद्योगीहरुको मनोबल बढ्न नसकेको उनको भनाइ छ । कोभिड १९ बाट प्रभावित भएको अर्थतन्त्रमा स्वदेशी उद्योगलाई आत्मनिर्भर गराउने नीति अवलम्बन नगरिए आगामी दिनमा अर्थतन्त्रमा थप जटिलता आउन सक्ने श्रेष्ठले दाबी गरे ।

यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति अन्जन श्रेष्ठले नीतिगत स्पस्टता, निरन्तरता र विश्वसनियता नभए निजी क्षेत्र सबलरुपमा अगाडि बढ्न नसक्ने बताए । उनले सरकारले ऐन नीति ल्याउने तर स्पस्ट नहुने र कतिपय नियमावली ढिलो गरी आउने हुँदा उद्योग व्यवसाय सञ्चालनमा समस्या हुने गरेको गुनासो गरे । उपभोक्ता संरक्षण ऐन उद्योगी व्यवसायीका समस्या सुन्ने भन्दा पनि थुन्ने गरी आउनुले पनि सरकार नीतिगत रुपमा स्पस्टसँग प्रस्तुत हुन नसकेको प्रमाणित हुने श्रेष्ठले जिकिर गरे

नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष श्याम सुन्दर ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबाट देशभरका काष्ठ उद्योग बन्द गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आएको बताए । ढकालले काष्ठ उद्योगमा नेपाल आत्मनिर्भर हुने अवस्था भएपनि सरकारले बेलाबेलमा परिवर्तन गर्ने नीतिले यस क्षेत्रको उद्योगहरु समस्यामा पर्ने गरेको धारणा राखे । उनले कोभिड १९ को कारण उद्योगहरुले काम गर्न नसकिरहेको अवस्थामा सरकारले बजेट मार्फत उद्योग बन्द हुनेगरी नीति ल्याउँदा ८० अर्ब बढीको लगानी रहेको काष्ठ उद्योगको क्षेत्र संकटमा परेको बताए ।

नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रराज प्रधानले सरकारले कपडा उद्योगमा दिदै आएको भ्याट छुट दुई वर्ष देखि बन्द गरिदिदा उद्योगहरु आयातीत कपडासँग प्रतिस्पर्धा गर्न नसकेको बताए । उनले नेपालमा वार्षिक ६ खर्बको कपडाको माग हुने त्यस मध्ये ३ प्रतिशत स्वदेशमै उत्पादन हुने, ५० अर्ब बराबरको आयात हुने र बाँकी करिब ५ खर्ब बराबरको अवैधानीक रुपमा आयात हुँदा झनै समस्या रहेको बताए । सरकारले स्पस्ट नीति लिन नसक्दा नेपालमा कपडाको अवैधानिक व्यापार मौलाउँदै जाने र भएका उद्योग पनि बन्द हुने अवस्थामा पुगेको धारणा राखे ।

यसैगरी, निर्यात व्यवसायीक संघका उपाध्यक्ष शंकर पाण्डेले नीतिगत रुपमा स्पस्ट हुन नसक्दा नेपालमा एक सय उद्योग स्थापना हुँदा ३० वटा बाँच्ने र ७० वटा बन्द हुने अवस्थामा पुग्ने जानकारी गराए । पाण्डेले नेपालमा उद्योग नीति भन्दा पनि व्यापार नीति (आयात नीति) हावी हुँदा झनै समस्या बढेको र उत्पादन मुलक उद्योग फस्टाउन नसकेको स्पस्ट पारे ।

उद्योगी व्यवसायीहरुले सरकारले आयातलाई भन्दा स्वदेशमै उत्पादन हुने उद्योगलाई प्रोत्साहन गर्ने नीति लिए क्रमशः सबै क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यात बढाउन सकिनेमा जोड दिए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ६ : ०० बजे

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

ओलीको रिहाइको माग गर्दै पत्नी राधिकाले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी