२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

नेकपा स्थायी कमिटीको बैठक २४ गते सम्मका लागि स्थगित, बालुवाटारमा दुई अध्यक्षको संवाद सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपामा विवाद चुलिंदै जाँदा जारी रहेको स्थायी कमिटीको बैठक पुनः २४ गते सम्मकम लागि स्थगित भएको छ ।

पार्टी एकतालाई बचाउन दोस्रो पुस्ताका नेताहरु सक्रिय भएको अवस्थामा दुई अध्यक्षकाबीच सहमति कायम गराउन बैठक स्थगित गरिएको बताईएको छ । आईतबार भएको दुई अध्यक्षबीचको छलफलमा विवादको टुङ्गो नलागेपछि आज बस्ने गरि छलफल सकिएको थियो । आजको बसाईलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डका पक्षबाट शंकर पोखरेल, बिष्णु पौडेल, जनार्दन शर्मा र वर्षमान पुनलाई जिम्मेवारी दिइृएको थियो ।

अध्यक्ष द्वयको बसाईलाई परिणाममुखी बनाउन प्रयास जारी रहेकाले बैठक सार्नु परेको बताईएको छ । खबर कुरासंग कुरा गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्यथापाले दुई अध्यक्षकाबीच चलफल जारी रहेको र त्यसलाई निश्कर्षमा पु¥याउन समय आवश्यक परेकाले बैठक सारिएको जानकारी दिए । आजका लागि बस्ने भनिएको दुई अध्यक्षको छलफल प्रधानमन्त्री निवासमा सुरु भईसकेको पनि उनले बताए ।

नेकपा श्रोतका अनुसार बैठकमा महासचिव बिष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा पनि सहभागि रहेका छन् । पार्टी एकतालाई बलियो बनाउने जिम्मेवारी दुई अध्यक्षको भएकाले दुई अध्यक्षले नै समस्याको निराकरण गर्नु पर्ने भन्दै नेकपाका नेताहरुले अध्यक्ष द्वयलाई दवाब बढाएका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १० : १० बजे

जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई

भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रसबीचमा सहकार्य, तत्काल एक लाख नगद प्रदान गरिँदै

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित

आज नवरात्रको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको आज पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै