१३ असार २०८३, शनिबार | June 27, 2026

नेकपा स्थायी कमिटीको बैठक २४ गते सम्मका लागि स्थगित, बालुवाटारमा दुई अध्यक्षको संवाद सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपामा विवाद चुलिंदै जाँदा जारी रहेको स्थायी कमिटीको बैठक पुनः २४ गते सम्मकम लागि स्थगित भएको छ ।

पार्टी एकतालाई बचाउन दोस्रो पुस्ताका नेताहरु सक्रिय भएको अवस्थामा दुई अध्यक्षकाबीच सहमति कायम गराउन बैठक स्थगित गरिएको बताईएको छ । आईतबार भएको दुई अध्यक्षबीचको छलफलमा विवादको टुङ्गो नलागेपछि आज बस्ने गरि छलफल सकिएको थियो । आजको बसाईलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डका पक्षबाट शंकर पोखरेल, बिष्णु पौडेल, जनार्दन शर्मा र वर्षमान पुनलाई जिम्मेवारी दिइृएको थियो ।

अध्यक्ष द्वयको बसाईलाई परिणाममुखी बनाउन प्रयास जारी रहेकाले बैठक सार्नु परेको बताईएको छ । खबर कुरासंग कुरा गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्यथापाले दुई अध्यक्षकाबीच चलफल जारी रहेको र त्यसलाई निश्कर्षमा पु¥याउन समय आवश्यक परेकाले बैठक सारिएको जानकारी दिए । आजका लागि बस्ने भनिएको दुई अध्यक्षको छलफल प्रधानमन्त्री निवासमा सुरु भईसकेको पनि उनले बताए ।

नेकपा श्रोतका अनुसार बैठकमा महासचिव बिष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा पनि सहभागि रहेका छन् । पार्टी एकतालाई बलियो बनाउने जिम्मेवारी दुई अध्यक्षको भएकाले दुई अध्यक्षले नै समस्याको निराकरण गर्नु पर्ने भन्दै नेकपाका नेताहरुले अध्यक्ष द्वयलाई दवाब बढाएका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १० : १० बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट