२४ मंसिर २०८०, आइतबार | December 11, 2023

शुक्रराज ट्रपिकल अस्पतालका चिकित्सकको पीडा, ‘कोरोना परीक्षण गर्नुपर्दैन भन्दा झम्टिन आउँछन्’



काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड नियन्त्रण गर्न कठिन भएको छ ।

काठमाडौं उपत्यकामा कार्यालय र पसल खुलेसँगै असार लागेदेखि नै अस्पतालमा चाप ह्वात्तै बढेको हो । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि अस्पतालमै भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको अस्पताल निर्देशक डा. सागर राजभण्डारीले बताए ।। ‘व्यवस्थापन गर्न असाध्यै गाह्रो भइरेहको छ’, भण्डारीले भने ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सरुवा रोग नियन्त्रण महाशाखाबाट कुनै निर्देशन नआएको उनको भनाइ छ । डा. भण्डारी भन्छन्, ‘मन्त्रालयबाटै स्पष्ट निर्देशन नहुँदा समस्या व्यवस्थापन गर्न असाध्यै गाह्रो भइरेहको छ ।’

अहिले दैनिक ७०० देखि एक हजार ३०० सम्म कोरोना परीक्षणका लागि आउने गर्द छन् । शुक्रबार ९०० जना परीक्षणका लागि आएको जनाइएको छ ।

अस्पतालले सामाजिक दूरी कायम गर्न आग्रह गर्दै आएको छ । भीड धेरै हुँदा दूरी कायम गर्न गाह्रो भएको छ । अस्पतालले ट्राकिङ गरेर आवश्यकको मात्रै परीक्षण गरिरहेको छ ।

अस्पतालले सङ्क्रमणको जोखिममा रहेका वर्ग वा सङ्क्रमित बढी भएका स्थान वा सङ्क्रमितसँग सम्पर्कमा आएकालाई रातो श्रेणीमा पार्ने गरेको छ । उच्च जोखिमका मानिसलाई रातो दिएर परीक्षण गर्ने व्यवस्था मिलाएको छ । परीक्षण गर्न नपर्ने छन् उनीहरुलाई हरियो दिएर पठाउने गरेको छ ।

अस्पतालमा अहिले जोखिममा नपर्ने व्यक्ति बढी सङ्ख्यामा परीक्षणका लागि आइरहेका छन् । लकडाउन हुनासाथ काठमाडौं उपत्यका बाहिर गएकालाई अहिले सम्बन्धित पालिका वा घरबेटीले परीक्षण गराएर मात्रै प्रवेश गर्न भनेका छन् ।

कर्मचारी नै मन्त्रालय जाने जनाउँदै पिसिआर परीक्षण गर्न आउने गरेका बताइएको छ । अस्पतालले पहुँच भएका व्यक्तिभन्दा पनि आवश्यक व्यक्तिको मात्रै परीक्षण गर्दै आएको छ ।

लकडाउनमा उपत्यका बाहिर गएकाले अहिले घरबेटीलाई देखाउन परीक्षण गर्नेको सङ्ख्या सबैभन्दा बढी छ । प्रहरी हिरासतमा रहेर म्याद थप गर्न वा पेश्कीका लागि अदालत जानेलाई अदालतले परीक्षण गरेर रिपोर्टको माग गरेको छ । अदालतको प्रयोजनका लागि आउनेमध्ये धेरै जोखिम नभएको भएकाले उनीहरुको परीक्षण नगरिने निर्देशक डा.भण्डारीले बताए । उनका अनुसार अहिले अदालतबाट आउने सबै जोखिममा नभएकाले आवश्यकको मात्रै परीक्षण भैरहेको छ ।

कोभिड–१९ को जोखिम कम गर्न अस्पतालको परिसरमा भीडभाड कम गर्न प्रशासनले भनेको छ । अस्पतालमा आउनेको ट्रेसिङ गर्ने, हिस्ट्रि जानकारी लिने, तापक्रम हेर्ने गरिएको छ । व्यक्तिलाई सङ्क्रमणको जोखिम भएकामा रातो र नभएमा हरियो दिइनेछ ।

सरकारी वा गैरसरकारी संस्था वा नेपाल प्रहरीलगायत सुरक्षा निकायले पनि उपत्यका बाहिरबाट भर्खर आएकालाई परीक्षण अनिवार्य गरेको भण्डारीले बताए ।

अस्पतालले पहिले व्यक्तिका विवरण सङ्कलन गरेर आवश्यकलाई मात्रै परीक्षण गर्दै आएको छ । उपत्यका बाहिरबाट आउनेमध्ये जोखिममा रहेकाको मात्रै परीक्षण हुने गरेको छ । उनी भन्छन्, ‘तर परीक्षण गर्नु पर्दैन भन्दा उल्टै कर्मचारीलाई धम्की दिने गर्छन् ।’

दैनिक २८८ परीक्षण गर्नसक्ने अस्पतालको क्षमता छ । अस्पतालले एक दिन गरेको परीक्षणको अर्को दिनमा रिपोर्ट दिने गरेको छ ।

सरकारले केही अस्पतालबाट अत्यावश्यक परेका व्यक्तिले शुल्क तिरेर पनि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । यसले यहाँको चाप कम हुने आशा गरिएको छ । डा. भण्डारी भन्छन्, ‘गर्नसक्ने उताबाट गर्छन् भने विपन्न वर्ग निःशुल्क गर्नका लागि तोकिएका अस्पताल जानेछन् ।’

अस्पतालमा आएकामध्ये झण्डै २० देखि २५ प्रतिशतको मात्रै परीक्षण हुने गरेको अस्पतालले जनाएको छ । परीक्षणको आवश्यक नपर्ने बाँकी ७५ देखि ८० प्रतिशतलाई काउन्सिलिङ गरेर घर पठाइने गरेको छ ।

उपत्यकामा कुनै पनि पालिकाले कोभिड–१९ को जोखिम कम गर्न आवश्यक तयारी गरेका छैनन् । सबैभन्दा बढी जनसङ्ख्याको बसोबास रहेको काठमाडौँ महानगरपालिकाले पनि कुनै तयारी गरेको छैन । डा. भण्डारीले भने, ‘एउटा राम्रो क्वारेन्टिनसमेत व्यवस्था भएको पाइँदैन ।’

अस्पतालमा अहिले दुई जना सघन उपचार कक्षमा र आइसोलेशनमा २२ जना छन् । अस्पतालले केही समय पहिले मात्रै सघन उपचार कक्ष श्याय बढाएको थियो । अस्पतालले दिँदै आएका धेरै किसिमका सेवा वीर अस्पतालमा सारिएको छ । रेविजविरुद्धको खोप भने यहीँबाट लगाइने गरिएको छ । -रासस

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  २ : ३१ बजे

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

पोखरा । पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्पताल भर्ना

काठमाडौं। नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो

शेखर कोइरालाले बोलाए गुट बैठक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक