५ माघ २०८२, सोमबार | January 20, 2026

नेपाली कांग्रेस सरकारमा सहभागि नहुने निर्णय, राष्ट्रपतिलाई व्यक्तिको रुपमा लिएर गरिमा घटाईएको आरोप



काठमाडौं । नेकपाको आन्तरिक विवादका बीच सत्ता साझेदारीका लागि नेकपा नेताहरुबाट गरिएको प्रयासलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्वीकार गरेको छ ।

नेपाली कांग्रेसले वर्तमान अवस्थामा कुनै पनि परिस्थितिमा सरकारमा सहभागि नहुने प्रष्ट पारेको छ । सत्तारुढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरुसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनैपनि हालतमा अहिले सरकारमा सहभागि नहुने प्रष्ट पारेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेकपाका अन्य नेता र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि भइरहेका अड्कबाजीका बीच कांग्रेसले कुनै पनि हालतमा सरकारमा सहभागि नहुने प्रष्ट पारेको हो ।

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले अहिलेको कार्यकाल कांग्रेस मन्त्रालय चलाउने मानसिकताले सिंहदरबार नछिर्ने बताए । उनले प्रधानमन्त्रीका प्रस्तावलाई कांग्रेसले रमाइलोका रुपमा हेरिरहेको बताए । “गुलियो प्रस्ताव आएपनि हामी लहसिने अवस्थामा छैनौँ किनकी जनताले हामीलाई ५ वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएका छन् ’’, प्रवक्ता शर्माले भने ।

कांग्रेस सरकारमा जान लाग्यो की भन्ने आशंकामा नरहन उनले पार्टीका कार्यकर्ताहरुलाई समेत आग्रह गरेकाछन् । जिम्मेवार प्रतिपक्षका नाताले नेकपाको विवादलाई कांग्रेसले नजिकबाट नियालेको स्पष्ट पार्दै कांग्रेस नेकपाको विवादमा यो वा त्यो पक्षमा नलाग्ने र त्यो रुपमा नलिन नेकपा नेताहरुलाई उनले आग्रह गरे ।

प्रवक्ता शर्माले नेपाली कांग्रेसले छिमेकीको धुरी टुटेर आफ्नो पर्खाल अग्लो होस भन्ने मान्यता नराख्ने बताए । जनताले ५ वर्षका लागि दिएको म्याण्डेटलाई जिम्मेवार प्रतिपक्षको रुपमा घनिभूत ढंगले निर्वाह गर्ने उनले जानकारी दिए । सरकारले गरेका राम्रा कामहरुको समर्थन र कमजोरी गर्दा औला उठाउनुपर्छ भन्ने मान्यता कांग्रेसले राख्ने उनको भाई छ ।

विधि र प्रचलित मान्यता अनुसार अधिवेशन अन्त्यको जानकारी प्रतिपक्षी दल, सभामुख राष्ट्रियसभाका अध्यक्षलाई हुनुपर्ने भएपनि त्यस्तो नभएको उनले बताए । उनले राष्ट्रपतिलाई संस्थाहरुको रुपमा नभएर व्यक्तिको रुपमा लिएर त्यसको गरिमा गिराउने काम भइरहेको आरोप समेत लगाए ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले पार्टीका नेताहरुले महाधिवेशनको कार्यतालिका लगायत पछिल्ला राजनीतिक घटनाक्रमहरुका विषयमा पनि आफ्ना विचारहरु राखेको जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ८ : ०२ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच