१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

संसदको अर्थ समितिले दियो बैंकलाई ब्रोकर लाइसेन्स दिने अनुमति



काठमाडौं। संसदको अर्थ समितिले बैंकलाई  ब्रोकर लाइसेन्स  दिन सिफारिस गर्ने भएको छ।
यस अघि सरकारले गठन गरेको  उच्च स्तरीय समितिले बैंकलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरे पनि संसदीय समितिलाई प्रयोग गरेर बैंकलाई ब्रोकर लाइसेन्स रोकिएको थियो।

त्यसपछि राष्ट्र बैंक र धितोपत्र बोर्डले लाइसेन्सका दिनका लागि प्रकृया अगाडि बढाएका थिए। संसदको अर्थ समितिले नेकपाकी सांसद रामकुमारी झाँक्रीको नेतृत्वमा रामबाबु यादव,प्रमिला राई, हेमकुमार राई र मेटमणि चौधरी सदस्य रहेको उपसमिति गठन गरी अध्ययन प्रतिवेदन तयार गरेको थियो ।

यस अघि नेपाल राष्ट बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत नै वाणिज्य बैंकलाई शेयर कारोबार गर्न बाटो खोलिदिएको थियो । त्यही नीतिमा टेकेर राष्ट्र बैकले १९ वटा वाणिज्य बैंकलाई ब्रोकर सेवा प्रदान गर्न स्वीकृति दिएको थियो ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १२ : ४६ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै