३१ असार २०८३, बुधबार | July 15, 2026

बैतडीको झुलाघाट नाका तीन दिनका लागि खुल्ने



बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनका लागि खुल्ने भएको छ ।

दुवै देशका स्थानीय प्रशासनको समन्वयमा आजदेखि तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

कोरोना भाइरसको जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएकाले दुवै देशका स्थानीय प्रशासनहरुको सहमति नाका खुल्न लागेको हो ।

सीमामा फसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिकका लागि सीमा नाका खोल्ने तयारी भएको हो । बुधबार बिहान ९ बजेदेखि नाका खुला रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

पेन्सन बुझ्ने नागरिकलाई दैनिक एक सय जनालाई मात्रै नाकाबाट भारत पस्न दिइनेछ । त्यसका लागि ज्येष्ठताका आधारमा सोल्जर बोर्डले कुपनको व्यवस्था गरेको छ । यस्तै नाकाबाट फर्कने नागरिकलाई सामान्य चेकजाँच गरेर स्वदेश फर्काइनेछ । सीमा नाकामा दुई सय जति नागरिक रहेको अनुमान गरिएको छ ।

सरकारले झुलाघाट नाकालाई स्वदेश भित्रिनका लागि आधिकारिक नाका तोकेको भए पनि भारतले सहमत नहुँदा गत महिनादेखि खुल्न सकेको थिएन । लामो प्रयासपछि मात्र झुलाघाट नाका खोल्न भारत सहमत भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

तीन महिनादेखि सीमा नाका बन्द हुँदा भारतीय पेन्सनधारी नेपाली नागरिकलाई समस्या भएको थियो । भारतीय सेनाबाट सेवानिवृत्त भएका, अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपाली नागरिकलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको थियो । भारतीय पेन्सनधारीको पेन्सनबापतको पैसा भारतीय बैंकमै आउने गर्दछन् ।

जारी लकडाउनका कारण सीमा नाका बन्द भएपछि गएको तीन महिनायता पेन्सन नपाएको हुन् । बैतडीबाट मात्रै करीब दुई हजारभन्दा बढी नागरिकले भारतको झुलाघाटबाट पेन्सन बुझ्ने गरेका छन् । रासस

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ६ : १९ बजे

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा

अन्तरराष्ट्रिय सम्मानले उचाल्यो नेपालगन्ज र धारा म्याराथनको साख

नेपालगन्ज । “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र

सुनचाँदीको मूल्यमा फेरि उकालो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना