४ आश्विन २०८०, बिहिबार | September 21, 2023

१५ दिन अगाडिको कोरोना इपिसेण्टर बाँकेको नरैनापुर सहित २ पालिका कोरोना मुक्त



नेपालगन्ज । अघिल्लो महिनासम्म नेपालको कोरोना इपिसेण्टर बनेको बाँकेको नरैनापुर र समुदायमा संक्रमण देखिएको बाँकेको डुडुवा गाँउपालिका आजबाट कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय बाँकेले आजैमात्र कोरोना मुक्त गरेको नेपालगन्ज उपमहानगरमा भने आजै २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालको समग्र अवस्थामा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेका बेला बाँकेका दुई पालिकाका क्वारेन्टिन र आइसोलेसन भने आजबाट पूर्णरुपमा खालि भएका छन् ।

बाँकेको नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिका कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठ बताए । थप संक्रमण नथपिएको अवस्थामा ती पालिकाहरु कोरोना मुक्त नै रहने छन् । नेपालगन्जमा भने आज २ जना महिलामा संक्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालयको घोषणा धेरै समय टिक्न सकेन ।

श्रेष्ठले बुधबार बिहान मात्र बाँकेका नरैनापुर गाउँपालिका,नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका कोरोना संक्रमित केस शून्य रहेको बताएका थिए । श्रेष्ठका अनुसार जिल्लामा १८ जना मात्र कोरोना संक्रमितले बिभिन्न आइसोलेसनमा बसेर स्वास्थ्य उपचार लिइरहेकाछन् ।

बुधबार सम्म कोहलपुर नगरपालिकाकामा १०, खजुरा गाउँपालिकामा ४, राप्तीसोनारीमा २, जानकी र बैजनाथ गाउँपालिकामा १–१ जना संक्रमित उपचारारत रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

बुधबार बैजनाथको बनकटवा आईशोलेशनबाट– ७ र कोहलपुरको पिपरीबाट– २ जना गरी ९ जना कोरोना संक्रमण मुक्त भएर घरफर्केका थिए ।

फोकल पर्शन श्रेष्ठका अनुसार अनुसार बाँकेमा कोरोना संक्रमित उपचाररत ४ वटा आईशोलेशन मात्र सञ्चालनमा रहेकाछन् । अन्य ८ वटा आईशोलेशन सेन्टर कोरोना संक्रमित नभएसगैं खाली रहेका छन् ।

बाँकेमा २ सय १५ जना विभिन्न क्वारेन्टिनमा रहेकोमा उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ ।

बाँकेमा हालसम्म ३ सय ६८ संक्रमित रहेकोमा ३ सय ४८ संक्रमण मुक्त भएर घर फर्केको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए । कुरुम्वाङका अनुसार बाँकेमा ७ हजार ६ सय ९८ जनाको पीसिआर परीक्षण भएको छ भने ९ हजार २१ जनाले आडीटी परीक्षण गराएका छन् । बाँकेमा २ जनाको कोरानाका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ११ : १३ बजे

चितवनका ‘पुष्पा र अञ्जली’लाई कोशी पठाइँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा

नेकपा एकीकृत समाजवादीको बैठक स्थगित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक

कागेश्वरी मेलाको तयारी पूरा

काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र

नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग

नेपालगन्ज । बाँकेको वैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र अविलम्ब सञ्चालन

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अभाब र