१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

स्पेनिस ला लिगा : बार्सिलोनाको उपाधि आश जीवितै



काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधि जित्ने आश जीवितै राखेको छ ।

लिग अन्तर्गत बुधबार राति भएको खेलमा स्पानियोलमाथि जित निकाली बार्सिलोनाले उपाधिमा रियल मड्रिडमाथि दबाब कायम गरेको हो ।

१० खेलाडीमा सीमित भएको बार्सिलोनाले १० खेलाडीमै सीमित भएको स्पानियोललाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा ५० औँ मिनेटमा आन्शु फाती सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो । त्यसको तीन मिनेटमापछि स्पानियोलका लोजानो पनि सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

५६ औँ मिनेटमा लुइस स्वारेजले गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णयक बन्यो । जितपछि दोस्रो स्थानको बार्सिलोनाको ३५ खेलबाट ७६ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको एक अंक बढी रहेको छ ।

बार्सिलोनासँग पराजित भएको स्पानियोल भने ला लिगाबाट रेलिगेशनमा पर्ने पक्का भएको छ । पुछारको टिम स्पानियोलको लिगका तीन खेल बाँकी हुँदा मात्रै २४ अंक भएको छ ।

ला लिगा अन्तर्गत बुधबार राति भएका अरु खेलमा रियल बेटिसले ओसासुनालाई ३–० तथा भिल्लारियलले गेटाफेलाई ३–१ ले पराजित गरेका छन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ६ : ५१ बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विभिन्न दलले निर्वाचन आचारसंहिता,

पश्चिम एशियाका १२ देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगित

काठमाडौं । पश्चिम एशिया खाडी क्षेत्रमा विकसित पछिल्लो असहज परिस्थितिलाई

दुई प्रकारका ‘अतिवाद’ विरुद्ध नेकपालाई मत दिन प्रचण्डको आह्वान (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ

राजनीतिक दल नभई केही समूह निर्वाचन विथोल्न सक्रिय छन् : गृहमन्त्री अर्याल

नेपालगन्ज । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा