३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित, गगनले गरे घोषणा



काठमाडौं । नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ।

आइतबार काठमाडौंमा आयोजित संयुक्त चुनावी सभाका क्रममा यो एकताको घोषणा गरिएको हो। काठमाडौं क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस (बीपी)सँग पार्टी एकता भएको जानकारी दिएका छन् ।

एकता सहमतिपत्रमा थापा र कांग्रेस (बीपी)का सभापति सुशील शेरचनले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। कांग्रेस (बीपी)को नेतृत्व सुशीलमान शेरचनले गर्दै आएका थिए।

नेपाली कांग्रेसको गत पुस १३ गते बसेको कार्यसम्पादन समिति बैठकले विभिन्न कारणले पार्टी छोडेकाहरूलाई पुनः पार्टीमा फर्किन आह्वान गरेको थियो। सोही निर्णयपछि डडेलधुरा कांग्रेसले कांग्रेस (बीपी)लाई मूल पार्टीमा फर्कन आग्रह गरेको थियो।

यस एकतासँगै कांग्रेसले डडेलधुरा लगायतका जिल्लामा आफ्नो विगतलाई पुनस्थापित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ५ : ४० बजे

विश्वकप फुटबल : २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो

काठमाडौं । हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौं । आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

झापा । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु