७ आश्विन २०८३, बुधबार | September 23, 2026

बर्दियाका वन्यजन्तु आकाशे पुलबाट सडक पार गर्ने, हुलाकी सडकमा बन्दै ओभरहेड ब्रिज



बर्दिया । बर्दियाका जङ्गल क्षेत्रमा चल्ने सवारी साधनले जङ्गली वन्यजन्तुलाई अवरोध नपु¥याउने तयारी गरिएको छ । यसअघि सडकमा गुड्ने सवारी साधनका कारण सडक पार गरिरहेका वन्यजन्तुहरुबाट सवारीलाई र सवारीबाट वन्यजन्तुलाई अवरोध पुग्ने गरेकोमा अव देखि त्यस्तो अवरोधको अन्त्य हुने भएको हो ।

बर्दियाको खाता ‘करिडोर’ संरक्षण क्षेत्रमा पर्ने हुलाकी सडक खण्डमा वन्यजन्तुको सहज आवागमनका लागि ओभरहेड ब्रिज बन्ने भएपछि सवारी साधनका कारण वन्यजन्तुलाई आवागमनमा अवरोध नपर्ने भएको हो । नेपालमै पहिलो प्रयोगका रुपमा बर्दियामा हुलाकी राजमार्गमा वन्यजन्तुको आवागमनका लागि ‘ओभरहेड ब्रिज’ लागेको हो ।

प्रदेश नम्बर ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय बर्दियाको आर्थिक सहयोगमा ‘एनिमल क्रसिङ ओभरहेड ब्रिज’ योजनाको डिपिआर तयार भइसकेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । कार्यालयका अनुसारगौमुखि इन्जिनियरिङ्ग सर्भिस प्रालि ललितपुरले ‘ओभरहेड ब्रिज’ को डिपिआर तयार गरेको हो ।

खाता जैविक मार्ग खाता संरक्षण क्षेत्रमा पहिलो चरणमा बन्ने ‘ओभरहेड ब्रिज’ ४५ मिटर चौडाइ हुने योजनामा उल्लेख छ । ‘ओभरहेड ब्रिज’ निमार्णका लागि करिव ९ करोड रुपैँया लागत लाग्ने बताइएको छ ।

वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि प्रदेश नम्बर ५ को यो एकदमै नविनतम योजना रहेको बताइएको छ । खाता संरक्षण क्षेत्र मधुवन नगरपालिकामा पर्दछ । हुलाकी सडकको झण्डै २ किलोमिटर क्षेत्र खाता करिडोरमा पर्छ । जसमध्ये करिब साढे ५ सय मिटर सडक क्षेत्रमा वन्यजन्तुको आवतजावत बढी हुने गर्छ । वन्यजन्तुको आवागमन बढी हुने क्षेत्रमा ओभरहेड ब्रिज बन्ने भएको हो ।

बर्दियाको खाता करिडोर क्षेत्र वन्यजन्तुका लागि निकै महत्वपूर्ण मानिन्छ । खाता करिडोरले बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्रलाई जोडने गर्छ । त्यसमार्गलाई हात्तीमार्ग पनि भन्ने गरिन्छ । खाता करिडोर क्षेत्र संरक्षणका दृष्टिकोणले दक्षिण एशियाकै निकै महत्वपूर्ण जैविक मार्ग मानिन्छ ।

खाता जैविक मार्गको महत्व र संरक्षणलाई ध्यानमा राख्दै नेपाल सरकारले सन् २०१२ मा नै आरक्ष क्षेत्रसँग जोटिएको वन क्षेत्रलाई खाता संरक्षित वन घोाषण गरेको थियो ।

नेपालमा वन्यजन्तु ओहोरदोहरका लागि अन्डरपास ब्रिज निमार्ण भएका छन् । तर खाता करिडोर क्षेत्रमा बन्न लागेको यो ओभरहेड ब्रिज नेपालकै पहिलो प्रयास भएको प्रदेश सरकारका उद्योग वन, वाताबरण तथा पर्यटन मन्त्री लिला गिरीले दाबी गरे ।

उनले बन्यजन्तुहरुको मार्ग अन्तरराष्ट्रिय हुने भएकाले त्यसमा अवरोध नपुगोस भन्ने उद्देश्यले ओभर पास र अन्डर पासको व्यवस्था गरिएको बताए । सवारी आवागमन र मानव र वन्यजन्तुका बीच द्वन्द्व न्युनिकरण गर्न र वन्यजन्तुको निर्वाध आवागमनको अधिकारलाई सुनिश्चित गर्न यस्तो योजना ल्याइृएको मन्त्री गिरीले बताए ।

परयोजनाले वन्यजन्तुलाई पुलको अनुभव नहुने गरी यसको संरचना तयार पारिने बताइएको छ । पुलको माथि रुख, विरुवा तथा झाडीहरु रोपिने छ । जसले गर्दा वन्यजन्तुले जंगलमै हिडेको महसुस गर्ने छन् ।

करिडोर क्षेत्रमा ओभरहेड ब्रिज बनेपछि वन्यजन्तुहरु बिना अवरोध एक वनवाट अर्को वनमा आतजावत गर्न सक्ने अपेक्षा गरिएको छ । सडक दुर्घटनाबाट वन्यजन्तुको मृत्यु हुने क्रम न्यूनिकरण हुनुका साथै मानव–वन्यजन्तु द्वन्द्वसमेत कम हुने मन्त्री गिरीले बताए ।

बर्दियाका कपिय जङ्ल क्षेत्रमा मोटरसाईकलमा आवागमन गरिरहेका यात्रुहरु माथि बाघको आक्रमण समेत हुने गरेको थियो । यो परियोजनाले मानव र बन्यजन्तु दुबैको सुरक्षा हुने मन्त्रालयले आशा गरेको छ ।

बर्दियामा बन्ने योजनामा रहेको ओभरहेड ब्रिज भारतीय निकुन्जमा पनि नरहेकाले बर्दियाको ओभरहेड ब्रिज पर्यटकको लागि पनि आकर्षण प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यसअघि सडक दुर्घटनामा परी मानव वन्यजन्तु मारिने र वन्यजन्तु ओहोरदोहोर गर्न समस्या हुने भन्दै वन्यजन्तुमैत्री सडक निर्माण गर्न प्रदेश नम्बर ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि लिला गिरी सहितको टोलीलाई संरक्षणकर्मीहरुले माग गरेका थिए ।

ओभरहेड ब्रिज हुलाकी सडकमा मात्र होईन पुर्व पश्चिम राजमार्गको निकुन्ज क्षेत्रमा अझै बढी अनवश्यक भएको बर्दियाका पर्यटन व्यवसायीको भनाई छ । हुलाकी सडक सँगै राजमार्ग क्षेत्रमा ओभरहेड ब्रिजको अझै ठूलो आवश्यकता रहेको बर्दिया ईको टेरिजम डेभलपमेण्ड फोरमका संस्थापक अध्यक्ष कृष्ण भट्टराईले बताए । दुर्घटनाको तथ्यांक र मुख्य जैबिकमार्ग निकुन्ज क्षेत्रमा पर्ने भएकाले राजमार्ग क्षेत्रमा पनि त्यस्ता पुलहरु बन्न आवश्यक रहेको भट्टराईले बताए ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ९ : १९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११