१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

बर्दियाका वन्यजन्तु आकाशे पुलबाट सडक पार गर्ने, हुलाकी सडकमा बन्दै ओभरहेड ब्रिज



बर्दिया । बर्दियाका जङ्गल क्षेत्रमा चल्ने सवारी साधनले जङ्गली वन्यजन्तुलाई अवरोध नपु¥याउने तयारी गरिएको छ । यसअघि सडकमा गुड्ने सवारी साधनका कारण सडक पार गरिरहेका वन्यजन्तुहरुबाट सवारीलाई र सवारीबाट वन्यजन्तुलाई अवरोध पुग्ने गरेकोमा अव देखि त्यस्तो अवरोधको अन्त्य हुने भएको हो ।

बर्दियाको खाता ‘करिडोर’ संरक्षण क्षेत्रमा पर्ने हुलाकी सडक खण्डमा वन्यजन्तुको सहज आवागमनका लागि ओभरहेड ब्रिज बन्ने भएपछि सवारी साधनका कारण वन्यजन्तुलाई आवागमनमा अवरोध नपर्ने भएको हो । नेपालमै पहिलो प्रयोगका रुपमा बर्दियामा हुलाकी राजमार्गमा वन्यजन्तुको आवागमनका लागि ‘ओभरहेड ब्रिज’ लागेको हो ।

प्रदेश नम्बर ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय बर्दियाको आर्थिक सहयोगमा ‘एनिमल क्रसिङ ओभरहेड ब्रिज’ योजनाको डिपिआर तयार भइसकेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । कार्यालयका अनुसारगौमुखि इन्जिनियरिङ्ग सर्भिस प्रालि ललितपुरले ‘ओभरहेड ब्रिज’ को डिपिआर तयार गरेको हो ।

खाता जैविक मार्ग खाता संरक्षण क्षेत्रमा पहिलो चरणमा बन्ने ‘ओभरहेड ब्रिज’ ४५ मिटर चौडाइ हुने योजनामा उल्लेख छ । ‘ओभरहेड ब्रिज’ निमार्णका लागि करिव ९ करोड रुपैँया लागत लाग्ने बताइएको छ ।

वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि प्रदेश नम्बर ५ को यो एकदमै नविनतम योजना रहेको बताइएको छ । खाता संरक्षण क्षेत्र मधुवन नगरपालिकामा पर्दछ । हुलाकी सडकको झण्डै २ किलोमिटर क्षेत्र खाता करिडोरमा पर्छ । जसमध्ये करिब साढे ५ सय मिटर सडक क्षेत्रमा वन्यजन्तुको आवतजावत बढी हुने गर्छ । वन्यजन्तुको आवागमन बढी हुने क्षेत्रमा ओभरहेड ब्रिज बन्ने भएको हो ।

बर्दियाको खाता करिडोर क्षेत्र वन्यजन्तुका लागि निकै महत्वपूर्ण मानिन्छ । खाता करिडोरले बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्रलाई जोडने गर्छ । त्यसमार्गलाई हात्तीमार्ग पनि भन्ने गरिन्छ । खाता करिडोर क्षेत्र संरक्षणका दृष्टिकोणले दक्षिण एशियाकै निकै महत्वपूर्ण जैविक मार्ग मानिन्छ ।

खाता जैविक मार्गको महत्व र संरक्षणलाई ध्यानमा राख्दै नेपाल सरकारले सन् २०१२ मा नै आरक्ष क्षेत्रसँग जोटिएको वन क्षेत्रलाई खाता संरक्षित वन घोाषण गरेको थियो ।

नेपालमा वन्यजन्तु ओहोरदोहरका लागि अन्डरपास ब्रिज निमार्ण भएका छन् । तर खाता करिडोर क्षेत्रमा बन्न लागेको यो ओभरहेड ब्रिज नेपालकै पहिलो प्रयास भएको प्रदेश सरकारका उद्योग वन, वाताबरण तथा पर्यटन मन्त्री लिला गिरीले दाबी गरे ।

उनले बन्यजन्तुहरुको मार्ग अन्तरराष्ट्रिय हुने भएकाले त्यसमा अवरोध नपुगोस भन्ने उद्देश्यले ओभर पास र अन्डर पासको व्यवस्था गरिएको बताए । सवारी आवागमन र मानव र वन्यजन्तुका बीच द्वन्द्व न्युनिकरण गर्न र वन्यजन्तुको निर्वाध आवागमनको अधिकारलाई सुनिश्चित गर्न यस्तो योजना ल्याइृएको मन्त्री गिरीले बताए ।

परयोजनाले वन्यजन्तुलाई पुलको अनुभव नहुने गरी यसको संरचना तयार पारिने बताइएको छ । पुलको माथि रुख, विरुवा तथा झाडीहरु रोपिने छ । जसले गर्दा वन्यजन्तुले जंगलमै हिडेको महसुस गर्ने छन् ।

करिडोर क्षेत्रमा ओभरहेड ब्रिज बनेपछि वन्यजन्तुहरु बिना अवरोध एक वनवाट अर्को वनमा आतजावत गर्न सक्ने अपेक्षा गरिएको छ । सडक दुर्घटनाबाट वन्यजन्तुको मृत्यु हुने क्रम न्यूनिकरण हुनुका साथै मानव–वन्यजन्तु द्वन्द्वसमेत कम हुने मन्त्री गिरीले बताए ।

बर्दियाका कपिय जङ्ल क्षेत्रमा मोटरसाईकलमा आवागमन गरिरहेका यात्रुहरु माथि बाघको आक्रमण समेत हुने गरेको थियो । यो परियोजनाले मानव र बन्यजन्तु दुबैको सुरक्षा हुने मन्त्रालयले आशा गरेको छ ।

बर्दियामा बन्ने योजनामा रहेको ओभरहेड ब्रिज भारतीय निकुन्जमा पनि नरहेकाले बर्दियाको ओभरहेड ब्रिज पर्यटकको लागि पनि आकर्षण प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यसअघि सडक दुर्घटनामा परी मानव वन्यजन्तु मारिने र वन्यजन्तु ओहोरदोहोर गर्न समस्या हुने भन्दै वन्यजन्तुमैत्री सडक निर्माण गर्न प्रदेश नम्बर ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि लिला गिरी सहितको टोलीलाई संरक्षणकर्मीहरुले माग गरेका थिए ।

ओभरहेड ब्रिज हुलाकी सडकमा मात्र होईन पुर्व पश्चिम राजमार्गको निकुन्ज क्षेत्रमा अझै बढी अनवश्यक भएको बर्दियाका पर्यटन व्यवसायीको भनाई छ । हुलाकी सडक सँगै राजमार्ग क्षेत्रमा ओभरहेड ब्रिजको अझै ठूलो आवश्यकता रहेको बर्दिया ईको टेरिजम डेभलपमेण्ड फोरमका संस्थापक अध्यक्ष कृष्ण भट्टराईले बताए । दुर्घटनाको तथ्यांक र मुख्य जैबिकमार्ग निकुन्ज क्षेत्रमा पर्ने भएकाले राजमार्ग क्षेत्रमा पनि त्यस्ता पुलहरु बन्न आवश्यक रहेको भट्टराईले बताए ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ९ : १९ बजे

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका

शिक्षा मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण