१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

स्याउ खान अब मार्फा, जुम्ला, डोल्पा पर्खनु नपर्ने, रुपन्देहीमै फल्न थाल्यो स्याउ



बुटवल । स्याउको मार्केटिङ गर्दा कसैले तराई मधेसको स्याउ आयो भन्यो भने तपाई हामी अचम्म मान्ने गर्दछौं । हाम्रो बजारमा स्याउ भनेकै उच्च पहाडी अर्थात हिमाली क्षेत्रमा फल्ने फलको भनेर हामीले बुझ्ने गरेका छौं ।

अब भने अचम्म मान्नु पर्दैन तराईंको उखरमौलो गर्मीमा पनि स्याउ फलाउन सकिन्छ भन्ने कुराको रुपन्देहीका एकजना युवाले प्रमाणित गरेर देखाएका छन् । रुपन्देहीको मणिग्रामदेखि अलिकति भित्रको एउटा बगैंचामा जेठ असारको गर्मीमा पनि लटरम्म स्याउ फलेको छ । जुम्ला, डोल्पा, मार्फा र मुस्ताङदेखि कास्मिरको स्याउको स्वाद चाखेका नेपालीहरुले अब स्याउ हिमाली भूभागमा मात्र फल्छ भन्ने भ्रम छाडिदिए हुन्छ ।

डेढ दशकदेखि विभिन्न फलफूल, सौन्दर्यकरणका लागि आवश्यक पर्ने विरुवाहरु उत्पादन, अनुसन्धान गर्दै आएका रमेश पाण्डेको बारीमा यतिबेला लटरम्म स्याउ फलेको छ । तीन वर्ष पहिला भारतबाट आयात गरिएको बिरुवामा स्याउ लटरम्म फलेपछि अहिले पाण्डेको बागवानीमा स्याउ फलेको हेर्ने, सोधखोज गर्नेको संख्या बढेको छ । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको माणिग्राममा रहेको लुम्बिनी नर्सरीका सञ्चालक रमेश पाण्डेले ४ वर्षको अथक प्रयासपछि तराईमा स्याउ फलाउन सफल भएका हुन् ।

डेढ दशक भन्दा बढि समयदेखि विभिन्न फूलहरू, कट् फ्लावर, सौन्दर्यकरणका बिरुवाहरु समेत उत्पादन गर्दै आएका पाण्डेले ४ वर्ष पहिले भारतबाट स्याउको बेर्ना ल्याएर लगाएका थिए । तर, त्यो बिरुवा रुपन्देहीको गर्मीमा हुर्कन सकेन । धेरै साथीभाईले उनलाई तराईमा स्याउ फल्दैन भन्दै असफल हुने काम नगर्न सल्लाह पनि दिए । तर पाण्डे हरेस मानेनन् । फेरि अर्को जातको स्याउ ल्याएर लगाए । त्यो बिरुवा भने हुर्कदै गयो र दुई वर्षमा फल पनि दिन थाल्यो । गत बर्ष स्याउ फलेपछि हौसीएका उनले यसलाई अध्ययन अनुसन्धान गर्न अझै हौसला जाग्यो र थप बिरुवा मगाए । त्यो पनि सफल भयो । तराईमा स्याउ फलेको देखेर उनी आफै दङ्ग छन् ।

मिलिङ्ग जातको जंगली स्याउँमा लो चिलिङ्ग क्रस गरिएको नयाँ जातको स्याउ उनले लगाएका हुन् । तराईका जिल्लाहरुमा यसको सफल खेती गर्न सकिने भन्दै सञ्चालक पाण्डेले यसको अझै विस्तृत अध्ययन गरी व्यवसाय विस्तार गर्न सकिने बताउँछन् । मणिग्राममा रहेको लुम्बिनी नर्सरीमा लो चिलिङ्ग जातको स्याउ फलेको छ । सञ्चालक पाण्डेका अनुसार स्याउ फलेपछि हेर्नेहरु र चासो व्यक्त गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । जंगली प्रजातिको चिलिङ्ग जातको स्याउको बोटमा लो चिलिङ्ग जातको बोटको कलमी गरी स्याउको बोट तयार गरिएको हो । चिसो नभएको स्थानमा समेत यो जातको स्याउ फलेको छ । जापानी प्रजातिको यो स्याउ रुपन्देही मात्रै नभई गुल्मी र पाल्पामा समेत फलेको उनले बताउँछन् ।

सञ्चालक पाण्डेले भने–‘५० वटा विरुवाको ग्राप्टीङ्गगरी लो चिलिङ्ग जात तयार गरिएको हो, स्याउ फलाउने अभियान अहिले पूरा भएको छ ।’ उनको नर्सरीबाट बिरुवा लगेकाहरुको घरमा समेत स्याउले लटरम्म फल हालेको पाण्डेले बताए ।

भारतका कतिपय क्षेत्रमा उच्च तापक्रममा समेत स्याउ फलाउने गरिएको छ । सोही जातको बोट भएमा यसको उत्पादन हुने विश्वास गरिएको छ। पाण्डेले बोटमा रहेका सबै फल पाकेमा अर्को वर्ष व्यवसायिक खेती नै शुरु गर्ने योजना बनाएका छन् । हिमाली क्षेत्रको स्याउ भन्दा २ महिना फरकमा तयार हुने स्याउलाई बेमौसमी उत्पादनका रुपमा लिएर बजारीकरण गर्न सके बजारमा विदेशबाट स्याउ मगाउनु पर्ने बाध्यताको अन्त्य हुने पाण्डेको विश्वास छ । स्याउको बोटमा कुनै प्रकृतिको किटनाशक विषादी राखिएको छैन । सामान्य मल र पानीमात्रै राखिएको छ । कृषि विज्ञहरु तराईमा फल्ने स्याउको स्वाद हिमाली स्याउको जस्तो नहुने दाबी गरेपनि पाण्डेको बारीमा फलेको स्याउको स्वादमा खासै फरक छैन । निकट भविष्यमा अझ बढि भन्दा बढि विस्तार गर्ने योजना बनाइएको सञ्चालक पाण्डेको भनाई छ ।

४ विघा क्षेत्रफलमा लुम्बिनी नर्सरी स्थापान गरिएको छ । जसमा पाण्डेले अन्य विभिन्न जातका विरुवाहरु तयार गरेका छन् । पाण्डेले फलाएको स्याउलाई वैज्ञानिक परीक्षण गरी राज्यले प्रमाणिकरण गर्न सक्यो भने अबका वर्षमा नेपालीहरुले स्याउ खान हिमाली क्षेत्रकै बाटो कुर्नुपर्ने छैन ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  १० : ०५ बजे

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका

शिक्षा मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण