२९ मंसिर २०८२, सोमबार | December 15, 2025

संसद सचिवालयबाट सरिता गिरीको सांसद पद खारेज



काठमाडौं । संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद खारेज गरेको छ ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले गिरीलाई पदबाट हटाएको र उक्त पद रिक्त भएको सूचना प्रकाशित गरेका छन् ।

समाजवादी पार्टीले गिरीलाई सांसद पदबाट हटाउन आग्रह गरेपछि संसद सचिवालयले गिरीको पद खारेज गरेको हो ।

पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा समाजवादी पार्टीले गिरीलाई सांसद पद र पार्टीको साधारणसदस्यबाट समेत हटाउने निर्णय गरेको थियो ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा–कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्शा जारी गरेपछि गिरीले त्यसको विरोध गरेकी थिइन । नयाँ नक्शालाई संवैधानिक अंग बनाउन सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावमाथि पार्टी निर्णय विपरित गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन ।

समाजवादी पार्टीले गिरीले पार्टी र संसदीय दलको निर्देशन पालना नगरेर गम्भीर अनुशासन उल्लंघन गरेको निस्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ३ : ४२ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष