२० भदौ २०८३, शनिबार | September 5, 2026

सरिता गिरी प्रकरण : मानवअधिकार आयोग सदस्य मोहना अन्सारीको टिप्णीमाथि अध्यक्ष शर्माको आपत्ति



काठमाडौं । समाजवादी पार्टीका पूर्वसांसद सरिता गिरीमाथिको कारवाहीबारे राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले गरेको टिप्पणीलाई आयोगले अस्वीकार गरेको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले बिहीबार विज्ञप्ती गरी गर्दै आयोग सदस्य अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेका छन् । शर्माले भ्रम सिर्जना हुनेगरी नबोल्न अन्सारीलाई सचेत पनि गराएका छन् ।

संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेद्जनक’ तथा ‘कथित् छानविन प्रतिवेदन’ भनेको प्रति आयोगले खेद प्रकट गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ । यस आयोगबाट यही असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको हो । तथापि यस किसिमको भनाइ ट्वीटरमा आउनु खेद्जनक छ । तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ ।’

अन्सारीले गत असार २३ गते सामाजिक सन्जाल ट्वीटरमार्फट सांसद सरिता गिरीलाई कारवाही गरिएकोमा खेद प्रकट गर्दै आपत्ति जनाएकी थिइन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ४ : ३२ बजे

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी

बाढीप्रभावित क्षेत्रमा डिएनए नमूना सङ्कलन केन्द्र सञ्चालन

नुवाकोट ।  भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका