१० चैत्र २०७९, शुक्रबार | March 25, 2023

भारतीय ‘फेक न्युज’को धन्दा विरुद्ध उठ्न थाले नेपाली आवाज, ‘फेक न्युज’को धन्दा चलाउने मिडियामाथि प्रतिबन्ध लगाउन माग



काठमाडौं । भारतीय संचारमाध्यम संसारभर फेक न्यूजको धन्दा चलाउनमा विश्वमै बदनाम छन् ।
फेक न्यूजकै धन्दा चलाएर भारतभित्र कतिपय घरपरिवारको पारिवारिक र सामाजिक सम्बन्ध ध्वस्त बनाएका भारतीय संचारमाध्यमहरुले यतिबेला आफ्नो निशाना नेपालतर्फ सोझ्याएका छन् ।
उनीहरुले लगातार नेपालमाथि भएका र हुँदै नभएको बिषय कोट्याउँदैनिरन्तर प्रहार गरिरहेका छन् ।

घरको विभाजन, समाजको विभाजन, जातीय विभाजन, धार्मिक विभाजन, साम्प्रदायिक द्वेष फैलाउने काम गर्दै पत्रकारिताको घिनलाग्दो नमुना पेश गर्ने भारतीय संचारमाध्यमहरुले यतिबेला नेपालका प्रधानमन्त्रीमाथि अपमानजनक टिप्पणी गर्दे आफ्नो अर्को घिनलाग्दो हर्कत प्रदर्शन गरेका छन् ।

भारतीय संचारमाध्यमको घिनलाग्दो प्रवृतिलाई नियन्त्रण गर्न नेपालमा त्यस्ता संचारमाध्यममाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको छ ।

विभिन्न राजनीतिक दलका नेताहरु, बुद्धिजीवि, संचारकर्मीहरुले समाजिक सञ्जालमार्फत भारतीय संचारमाध्यमबाट नेपाल र नेपाली नेतामाथि गरिएका आक्रमणलाई नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।

सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी [नेकपा]का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा गरेको प्रचार बन्द गर्न आग्रह गरेका छन् । केही भारतीय टिभी च्यानलले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर प्रचार गरेपछि प्रवक्ता श्रेष्ठले त्यसप्रति लक्षित गर्दै अनर्गल प्रचारले सीमा नाघेको भन्दै बकवास बन्द गर्न आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो। बकवास बन्द गर । हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक ढिक्का छौं । विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिनेछैनौं । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’

भारतीय मिडियाको भ्रमका विरुद्धमा राप्रपा अध्यक्ष कमल थापाले पनि ट्वीट गरेका छन् । उनले केहि भारतीय मिडियाले प्रधानमन्त्री ओलीको बिरुद्दमा हिंड्ने अभियानलाई जानाजानी सहमति दिन नसकीने भन्दै मिडियाको प्रस्तुतीले नेपाल–भारत सम्बन्धलाई राम्रो नगर्ने स्पष्ट पारेका छन् ।

नयाँ पत्रिकाका सम्पादक पत्रकार उमेश चौहानले भारतीय मिडियाको हर्कतलाई साउथ ब्लकको उत्पादनको संज्ञा दिंदै मुद्दामा शून्य संवेदनशीलता भएका यी नरनारीको कर्कश कोलाहल नेपालले नसुने पनि हुने भनेका छन् । उनले ट्वीट गरेका छन्, –भारतीय मिडियाले फैलाईरहेको दुर्गन्ध दिल्लिको साउथब्लकको उत्पादन हो । मुद्दामा शून्य संवेदनशीलता भएका यी नरनारीको कर्कश कोलाहल नेपालले नसुने पनि हुन्छ । तर, रातदिन हिंदू मुस्लिम गरेर यो समूहले एक अर्ब ३७ करोड जनसंख्यालाई जसरी विषाक्त बनाईरहेको छ, मानव सभ्यताका लागि नै चुनौती हो ।

 

राजनीतिक विश्लेषक सुर्यराज आचार्यले ‘हनिट्रयाप’ वाला किस्सा रच्ने मिडिया पालेर विश्वको कस्तो शक्ति राष्ट्र बन्ने योजना हो < भन्दै भारतीय रबैयाप्रति प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटमा लेखेका छन्, ‘हनिट्रयापु वाला किस्सा रच्ने मिडिया पालेर विश्वको कस्तो शक्ति राष्ट्र बन्ने योजना हो, भारतको रु अचम्मै लागेर आयो१ अझै अचम्म र दुर्भाग्यपूर्ण कुरा,
उपप्रम र परराष्ट्रमन्त्री भैसकेका नेपालका नेता ‘हनिट्रयापवाला बातको इन्कार नहिं किया जा सक्ता है’ भन्छन् । हैट् के हुँदैछ यो मुलुकमा ?

आचार्यको संकेत पुर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री उपेन्द्र यादव प्रति सोझिएको छ । यादवले भारतीय अर्को टिभि च्यानल टिभि ९ संग कुरा गर्दै हनि ट्र्यापको बिषयलाई अस्वीकार गर्न नसकिने बताएका थिए ।

पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले पनि प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध भारतीय मिडियाले चलाएको फके धन्दाको प्रतिबाद गरेकाछन् । उनले ट्वीट गर्दै नेपालका प्रधानमन्त्री, नेपाली नेताहरु र नेपालको सवालमा भारतीय संचार माध्यममा आईरहेका समाचार तथा टिप्पणी हेर्दा पूर्बिय सभ्यताको उपहास भईरहेको टिप्पणी गरेका छन् ।

नेपाल पत्रकार महासंघले यस अघि नै विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी चिनियाँ राजदुत होउ यान्छी विरुद्ध भारतीय संचारमाध्यमबाट प्रसारित सामाग्रीप्रति गम्भीर आपत्ति जनाएको छ ।

महासंघले भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक भएको टिप्पणी गरेको छ ।

महासंघले बिहीबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमुना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर छ ।’

नेता तथा बिभिन्न व्यक्ति र संस्थाहरुले भारतीय फेक मिडियाको आतंक रोक्न सरकारले ठोस कदम चाल्न माग गरेपनि त्यस्ता मिडियाका विषयमा सरकारको आधिकारी धारणा भने सार्वजानिक भएको छैन । आज सर्वसाधारण र सरोकारवालाले त्यस्ता फके समाचारको धन्दा गर्ने मिडियालाई भारतले चिनीया भन्दै टिकटकलाई भारतमा प्रतिबन्ध लगाएजस्तै नेपालमा पनि त्यस्ता भारतीय मिडियालाई प्रतिबन्ध लगाउनु पर्ने सुझाव समेत दिएका छन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ५ : ५९ बजे

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

बुटवल । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत्

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त