५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कोरोना रोकथाम गर्न गण्डकी प्रदेश सरकारलाई ग्लोबल आईएमई बैंकको १० लाख सहयोग



पोखरा । कोरोना रोकथामका लागि विभिन्न प्रदेश सरकारलाई सहयोग गर्दै आएको ग्लोबल आईएमई बैंकले बिहीबार गण्डकी प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।

बिहीबार पोखरामा एक कार्यक्रमकाबीच बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख महेश सिलवालले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १० लाख रकमको चेक हस्तान्तरण गरेका हुन् ।

त्यसअवसरमा प्रदेशका मुख्यमन्त्री गुरुङले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिए ।

कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।

बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ । आगामी दिनमा समेत यस्तो सहयोग लाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ७ : १४ बजे

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा