४ आश्विन २०८०, बिहिबार | September 21, 2023

फेक न्यूजका उत्पादक भारतीय न्यूज टेलिभिजनको प्रसारण नेपालमा रोकियो



काठमाडौं । फेक न्यूजका उत्पादक भारतीय टेलिभिजन च्यानलहरूलाई नेपालका वितरकहरूले प्रसारणमा रोक लगाएका छन् ।

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन् ।

डिसहोम,मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामुहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।

सरकारले भारतीय न्यूज टेलिभिजनहरूमाथि कुनै कारवाही नगरेपनि वितरकहरूले प्रसारण रोकेका हुन ।

बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकिएको छ ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा फेक न्यूज प्रसारण गर्दै आएका छन् ।

पछिल्लो समय जि न्यूज नामको टिभीफे प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक रिपोर्ट प्रसारण गरेपछि सामाजिक सञ्जालमा भारतीय न्यूज टिभी रोक्नुपर्ने आवाज उठेको थियो ।

बिहीबार सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भारतीय संचारमाध्यमबाट भैरहेको गलत, आधारहीन र भ्रामक समाचारको कानुनी र कुटनीतिक माध्ममबाट विरोध गरिने बताएका थिए ।

खतिवडाले प्रतिबन्ध लगाउनेबारेमा भने कुनै निर्णय नगरिएको बताएका थिए ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ७ : ५३ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको मनपरी, नियमावली विपरीत आफुखुसी नियुक्ति

बुटवल । दैनिक हजारौंको सङ्ख्यामा उपचारका लागि आउने बुटवलको लुम्बिनी प्रादेशिक

चितवनका ‘पुष्पा र अञ्जली’लाई कोशी पठाइँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा

नेकपा एकीकृत समाजवादीको बैठक स्थगित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक

कागेश्वरी मेलाको तयारी पूरा

काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र

नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग

नेपालगन्ज । बाँकेको वैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र अविलम्ब सञ्चालन