७ आश्विन २०८३, बुधबार | September 23, 2026

फेक न्यूजका उत्पादक भारतीय न्यूज टेलिभिजनको प्रसारण नेपालमा रोकियो



काठमाडौं । फेक न्यूजका उत्पादक भारतीय टेलिभिजन च्यानलहरूलाई नेपालका वितरकहरूले प्रसारणमा रोक लगाएका छन् ।

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन् ।

डिसहोम,मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामुहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।

सरकारले भारतीय न्यूज टेलिभिजनहरूमाथि कुनै कारवाही नगरेपनि वितरकहरूले प्रसारण रोकेका हुन ।

बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकिएको छ ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा फेक न्यूज प्रसारण गर्दै आएका छन् ।

पछिल्लो समय जि न्यूज नामको टिभीफे प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक रिपोर्ट प्रसारण गरेपछि सामाजिक सञ्जालमा भारतीय न्यूज टिभी रोक्नुपर्ने आवाज उठेको थियो ।

बिहीबार सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भारतीय संचारमाध्यमबाट भैरहेको गलत, आधारहीन र भ्रामक समाचारको कानुनी र कुटनीतिक माध्ममबाट विरोध गरिने बताएका थिए ।

खतिवडाले प्रतिबन्ध लगाउनेबारेमा भने कुनै निर्णय नगरिएको बताएका थिए ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ७ : ५३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११