४ पुस २०८२, शुक्रबार | December 19, 2025

पहिलो पटक “तीज प्रवचन” सार्वजनिक (भिडियो सहित)



बुटवल । प्राध्यापक तथा गायक योगराज पोखरेलले हिन्दुनारीहरुको बिशेष पर्व हरितालिका तीजको अवसर पारेर “तीज प्रवचन” सार्वजनिक गरेका हुन् ।

बिशेष गरेर तीजपर्वको बारेमा र महत्व अनि अतित र बर्तमानलाई यस प्रस्तुतिमा स्पष्ट संग बुझ्न सकिन्छ । स्वर्गीय बाचन शिरोमणि नारायण पोखरेलबाट प्रभावित योगराज, बाचन शैली नारायण पोखरेल कै अनुसरण गरेका छन ।

अघिल्ला वर्षहरुमा निकै चर्चित तिजगितहरु टेन्सन हटाईदेउ, पिर पर्याछ मलाई लगायत दुई दर्जन भन्दा बढी गीतमा स्वर दिएका पोखरेलले अहिले भने इतिहास मै पहिलो पटक तीज प्रवचन सार्वजनिक गरेका हुन । युनिक मुभिजले बजारमा ल्याएको यस प्रस्तुति मा प्रवचनसंगै पुराना पालामा गाएका पुराना सांस्कृतिक शब्द अनि लयमा बिच बिचमा सुन्न अनि हेर्न सकिन्छ । गायिका प्रिया भण्डारीले गायक पोखरेललाई स्बर मा साथ दिएकी छिन ।
उनकै निर्देशनमा छायांकन गरिएको यस प्रस्तुतिमा बिजय पोख्रेलको संपादन र माधब पौडेलको छायांकन रहेको छ ।

बुटवल बहुमुखी क्याम्पस रसायन शास्त्रको प्राध्यापक समेत रहेका पोखरेललाई हाम्रो तर्फबाट पनि यस प्रस्तुति तीज प्रवचन को सफलताको सुभकामना ।

भिडियो हेर्नुहोस

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ९ : ०७ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा