१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

बि.बी. पौड्यालको नयाँ तीज भाका ‘मायाको नजरमा…’



बुटवल । कालकार बि.बि. पौड्यालले हरितालिका तीज २०८० लाई लक्षित गरी नयाँ भाका बजारमा ल्याएका छन् । आफ्नै शब्द तथा स्वर रहेको नयाँ भाका ‘मायाको नजरमा’ बोलको गीतलाई एक कार्यक्रमका बीच बुटवलमा सार्वजनिक गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको कार्यसमिति सदस्य समेत रहेका उनले महिलाहरुलाई नाच्न तथा सुन्न मिल्ने दुबैका लागि उपयुक्त हुने गरी नयाँ भाका ल्याएको उल्लेख गरे ।

गायीका सुनिता बुढाले स्वरमा साथ दिएको उक्त गीतका लागि युवराज आचार्यको लय रहको छ भने गीतको म्युजिक भिडियो छायाङ्कन, निर्देशन तथा सम्पादन मनिष पन्थले गरेका छन् । युवराज आचार्यको यूटुव च्यानमा सार्वजनिक गरिएको म्युजिक भिडियोमा कलाकार लोकेन्द्र शाहले नृत्य निर्देशन गरेका हुन् । विभिन्न कलाकारसहित चिजा गुरुङले अभिनयसँगै म्युजिक भिडियोमा डेब्यू गरेकी छन् ।

गत वर्ष ‘विहेको निम्ता दिएको’ बोलको पञ्चे बाजा बजारमा ल्याएका गायक पौड्यालले त्यसअघि ‘गैरी कुना खेत’ बोलको गीत समेत बाजारमा ल्याइसकेका छन् । यो वर्षको तीज लक्षित नयाँ गीतका म्युजिक भिडियोहरु बुटवल आसपासका रहेका छन् भने स्थानीय र नयाँ कलाकारलाई समेत अवसर प्रदान गरिएको हुँदा दर्शक श्रोताको राम्रो साथ पाउने अपेक्षा गायक बि.बि. पौड्यालले गरेका छन् ।

बुटवलमा एक औपारिक कार्यक्रम गरी सार्वजनिक गरिएको गीतमा टिप्पणी गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका पूर्व अध्यक्ष विमलराज भट्टराईले नयाँ पुस्ता र यथार्थतालाई पस्किनेगरी गीत आएको हुँदा दर्शक श्रोताले राम्रै साथ दिने विश्वास व्यक्त गरे ।

सफलताको शुभकामना व्यक्त गर्दै उनले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजमा धेरै दर्शक र श्रोतालाई गीतले नचाउन सक्ने बताए ।

भिडियो सहित

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ५ : ५५ बजे

सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास