३१ असार २०८३, बुधबार | July 15, 2026

प्राकृतिक ताण्डव निरन्तर : जाजरकोटको बारेकोटमा पहिरो जाँदा १२ बेपत्ता



जाजरकोट । बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गए राति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा दुई घरपरिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उहाँकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन छन् ।

त्यस्तै अर्को घरका मूली कालु सार्की, १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला र छ वर्षीय छोरा सुवास छन् ।

त्यस्तै पाहुना आएका कुशे गाउँपालिका– ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की बेपत्ता भएको बारेकोट– ४ का सचिव डम्बर पुनले जानकारी दिनुभयो ।

घटनास्थलमा तीन ठाउँबाट प्रहरी जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।

त्यस्तै वडा नं ५ को खर्क तेलचउरेमा रहेको धान खेत पहिराले पुरेको बारेकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए । पानी नियमित परिरहेकाले सम्पर्क गर्न समस्या भएको बताइएको छ ।-रासस

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १ : २३ बजे

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत

बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाखभन्दा बढी नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्जरोडस्थित एक पसलबाट नक्कली नेपाली

एक खर्ब निक्षेप सङ्कलन गर्न राष्ट्र बैंकको बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप

उचित मूल्य र बजार नपाएको भन्दै माईतीघरमा गोलभेँडा फालेर किसानको प्रदर्शन

काठमाडौं । स्वदेशी कृषि उत्पादनले उचित मूल्य र बजार नपाएको

ग्यासमा हुने कालोबजारी र पुराना सिलिन्डर नियन्त्रण गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित