७ आश्विन २०८३, बुधबार | September 23, 2026

गुल्मीका १४ आरन व्यवसायीले पाए औजार



गुल्मी । गुल्मीको मालिका गाउँपालिका घमिर वडा नं ७ घमिरका ब्याबसायिहरुले आरनका औजार पाएका छन् ।

शुक्रबार घमिरमा एक कार्यक्रमका साथ १४ जना आरन व्यवसायीहरुलाई आरन औजार वितरण गरिएको घमिर वडा कार्यालयले जानाकारी दिएको छ ।

औजार वितरण गर्दै मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले गाउँ घरमा गर्दै आएको आरन ब्याबसाय पछिल्लो समयमा निर्बाहमुखी भएको यसलाई अझ ब्याबस्थित गरि ब्याबसायिक बनाउनु पर्ने बताए ।

आरन सन्चाल व्यवसायीलाई व्यवस्थित गराउनको लागि तालिम आवश्यक रहेकाले तालिमको ब्याबस्था मिलाउनको लागि वडा कार्यालयलाई पहल गर्न अध्यक्ष थापाले आग्रह गरेका छन् ।

वडाबाट वितरण गरिएको औजारको सही सदुपयोग गरी संचालन गर्ने सकेमा सफल आरन व्यवसायी बन्न सक्ने वडा अध्यक्ष बेद प्रसाद पन्थीले बताए । आरन ब्याबस्थापनको क्रममा व्यवसायीहरुलाई समस्या परे वडा कार्यालयले तुरुन्तै समधान गर्ने अध्यक्ष पन्थीले बताएका छन् ।

औजार वितरण कार्यक्रममा समाजसेवी चन्द्रमणि लम्साल ,ज्ञानराज पन्थी, गुणानिधि लम्साल, यम बहादुर वि।क, शेषकान्त लम्साल, डिल्लीराज उपाध्याय लगाएतको उपस्थिति रहेको थियो । आरन व्यवस्थापन तथा औजार वितरण कार्यक्रमको लागि वडा कार्यालयबाट ५ लाख बिनियोजन गरिएको थियो ।

औजार पाउँदा आरन व्यवसायी खुशी
वडाले कार्यक्रमको आयोजना गरि आरन औजर वितरणले व्यवसायीमा खुशी छाएको छ । पछिल्लो समयमा हराउँदै गएको आरन व्यवसायलाई व्यवस्थित गर्नेका लागि वडाले आरनका औजार वितरण गरेको भन्दै ब्याबसायिहरुले वडा तथा गाउँपालिकालाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ४ : १८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११