५ पुस २०८२, शनिबार | December 20, 2025

गुल्मीका १४ आरन व्यवसायीले पाए औजार



गुल्मी । गुल्मीको मालिका गाउँपालिका घमिर वडा नं ७ घमिरका ब्याबसायिहरुले आरनका औजार पाएका छन् ।

शुक्रबार घमिरमा एक कार्यक्रमका साथ १४ जना आरन व्यवसायीहरुलाई आरन औजार वितरण गरिएको घमिर वडा कार्यालयले जानाकारी दिएको छ ।

औजार वितरण गर्दै मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले गाउँ घरमा गर्दै आएको आरन ब्याबसाय पछिल्लो समयमा निर्बाहमुखी भएको यसलाई अझ ब्याबस्थित गरि ब्याबसायिक बनाउनु पर्ने बताए ।

आरन सन्चाल व्यवसायीलाई व्यवस्थित गराउनको लागि तालिम आवश्यक रहेकाले तालिमको ब्याबस्था मिलाउनको लागि वडा कार्यालयलाई पहल गर्न अध्यक्ष थापाले आग्रह गरेका छन् ।

वडाबाट वितरण गरिएको औजारको सही सदुपयोग गरी संचालन गर्ने सकेमा सफल आरन व्यवसायी बन्न सक्ने वडा अध्यक्ष बेद प्रसाद पन्थीले बताए । आरन ब्याबस्थापनको क्रममा व्यवसायीहरुलाई समस्या परे वडा कार्यालयले तुरुन्तै समधान गर्ने अध्यक्ष पन्थीले बताएका छन् ।

औजार वितरण कार्यक्रममा समाजसेवी चन्द्रमणि लम्साल ,ज्ञानराज पन्थी, गुणानिधि लम्साल, यम बहादुर वि।क, शेषकान्त लम्साल, डिल्लीराज उपाध्याय लगाएतको उपस्थिति रहेको थियो । आरन व्यवस्थापन तथा औजार वितरण कार्यक्रमको लागि वडा कार्यालयबाट ५ लाख बिनियोजन गरिएको थियो ।

औजार पाउँदा आरन व्यवसायी खुशी
वडाले कार्यक्रमको आयोजना गरि आरन औजर वितरणले व्यवसायीमा खुशी छाएको छ । पछिल्लो समयमा हराउँदै गएको आरन व्यवसायलाई व्यवस्थित गर्नेका लागि वडाले आरनका औजार वितरण गरेको भन्दै ब्याबसायिहरुले वडा तथा गाउँपालिकालाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ४ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको