१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

प्रदेश र जिल्लास्तरीय सीसीएमसी संरचनामा स्वास्थ्य प्रमुखहरु समावेश



काठमाडौं । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले प्रदेश र जिल्ला स्तरिय क्राइसिस म्यानेजमेन्ट सेन्टरको संरचनामा स्वास्थ्य प्रमुखहरुलाई समावेश गर्ने निर्णय गरेको छ ।

सीसीएमसी निर्देशक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रदेश र जिल्ला स्तरिय क्राइसिस म्यानेजमेन्ट सेन्टरमा सम्बन्धीत स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई समावेस गर्ने निर्णय गरेको छ ।

बैठक पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले प्रदेश र जिल्ला स्तरिय सीसीएमसीमा सम्बन्धित प्रदेशको स्वास्थ्य प्रमुख र जिल्लाको स्वास्थ्य प्रमुखलाई समावेस गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय भएको बताए।

यस्तै बैठकमा अहिले सम्म तेस्रो मुलुक र भारतबाट आउने व्यक्तिहरुको वस्तुस्थितिको बारेमा छलफल भएको थियो । विदेशबाट आउने व्यक्तिको व्यवस्थापन व्यवस्थित गर्न र समन्वय गर्न काठमाडौं उपत्यकाको हकमा नगरपालिकाको सञ्जालका अध्यक्ष, उपाध्यक्ष र सचिवलाई बैठकमा आमन्त्रण गर्ने निर्णय भएको समेत सचिव गुरागाईंले बताए ।

नेपालमा लगानी गरेका लगानीकर्ता वा तीनका प्रतिनिधि, नेपालमा शाखा खोलि कारोबार गरिरहेका वहुराष्ट्रिय निगमका वयवस्थापक कर्मचारी, अन्तर्राष्ट्रिय गैह्र सरकारी संघसंस्थाका प्रमुख वा कर्मचारीहरुलाई नेपालमा आउनलाई स्वीकृति दिन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय समेत बैठकले गरेको छ ।

यस्तै जुलाई १२ तारिक सम्म उद्दारका उडानहरु भइराखेकोमा एक हप्ता सम्मको उडानका तालिकाहरु स्वास्थ्य, तथा जनसंख्या मन्त्रालय, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समन्वय गरेर उडान तालिका प्रकाशन गर्ने निर्णय भएको सचिव गुरागाईंले बताए ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ८ : २७ बजे

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता