७ श्रावण २०८३, बिहिबार | July 23, 2026

सरकारको निर्णय : आन्तरिक हवाई यात्रामा खोप कार्ड अनिवार्य, २५ जना भन्दा बढी भेला हुन रोक



काठमाडौं । कोरोना भाइरसको संक्रमण पुनः तीब्र गतिमा बढ्न थालेपछि सरकारले केही क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्था गर्न थालेको छ ।

आइतबार बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

बैठकको निर्णयमा भनिएको छ, ‘अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने ।’ बैठकले बैठकले सार्वजनिक स्थलमा हुने राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको छ । नियमित हुने कार्यक्रम पनि स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।

यस्तै, आन्तरिक हवाइ उडानमा यात्रा गर्न सबै यात्रुका लागि अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । यो व्यवस्था माघ ३ गतेदेखि लागु हुनेछ । खोप कार्ड भएका यात्रुले मात्रै बोर्डिङ पास पाउनेछन् ।

यसैगरी सरकारले अब होटल छिर्दा समेत खोप कार्ड देखाउनुपर्ने अनिवार्य गरेको छ ।

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ७ : ३८ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क