१६ चैत्र २०७९, बिहिबार | March 30, 2023

‘ओमिक्रोन’ फैलिन नदिन निगरानी बढाइने, सीसीएमसी बैठक भोलि



काठमाडौं । कोभिड-१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस संक्रमण भित्रिन नदिन सरकारले उच्च सतकर्ता अपनाउने तयारी गरेको छ ।

सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने भएको छ ।

सोही विषयमा थप छलफल तथा निर्णय गर्न आज कोभिड-१९ नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्ने भएको छ । आजको बैठकमा स्वास्थ्य विज्ञहरुको राय लिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस संक्रमण फैलिएको पुष्टि भएका मुलुकबाट आउनेहरुका लागि एकसातासम्म अनिवार्य क्वारेण्टाइन बस्नु पर्ने व्यवस्था लागू गर्ने विषयमा छलफल गरेको छ ।

सो मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अनिवार्य निगरानी कक्ष स्थापना गरी स्वास्थ्य परीक्षण र क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न लागिएको बताए ।

कोभिड-१९ खोप लगाइ तथा नलगाई आउने यात्रुलाई होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने नियम ल्याउने देखि विमानस्थलमै एन्टीजेन परीक्षण अनिवार्य गर्ने विषयमा निर्णय हुने छ ।

नेपालसँग सीधा हवाइ सम्पर्क रहेको चीनको स्वसाशितक्षेत्र हङकङमा समेत संक्रमण पुष्टि भएपछि सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको हो । नेपाल-हङकङ सिधा हवाई उडान समेत स्थगित गरिएको छ ।

दक्षिण अफ्रिकासहित युरोपका बेल्जियम र जर्मनी लगायतका मुलुकहरुमा समेत यो संक्रमण भित्रिएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ । कोभिड-१९ को नयाँ भेरियण्टप्रति सतर्क र सुरक्षित रहन सर्वसाधारणमा आग्रह गरेको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ५१ बजे

साउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र

काठ्माडौं । वैदेशिक रोजगारीका लागी साउदी अरेबिया पुगेका युवा अलपत्र

सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितका बिचको आज वार्ता

काठमाडौं । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समुहका

प्रचण्ड नेतृत्वको सरकारले पुर्णता पाउँदै, आज नयाँ मन्त्रीहरुले सपथ लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफनो सरकारको विस्तार

लुम्बिनीमा आजदेखी राष्ट्रिय मिडिया सम्मेलन

बुटवल । नेपाल पत्रकार महासंघको आयोजनामा लुम्बिनीमा दुई दिने राष्ट्रिय

मन्त्रालय टुंग्याउन सत्ता गठबन्धनको बैठक ८ बजे बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बिहान ८ बजे बस्दैछ