४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्पेनिस ला लिगा : उपाधि नजिक रियल मड्रिड



काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधिबाट मात्रै दुई जित पर रहेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा रियल मड्रिडले एलाभेसमाथि २–० को जित दर्ता गरी उपाधिको थप नजिक पुगेको हो ।

बाँकी तीन मध्ये दुई खेलमा जित निकालेमा जिनेदिन जिदानको टिम रियल मड्रिडले पछिल्लो ८ वर्षमा दोस्रो पटक ला लिगाको उपाधि उचाल्ने छ ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि करिम बेन्जिमा र मार्काे एसेन्सिओले गोल गरे। ११ औँ मिनेटमा पाएको पेनाल्टीमा बेन्जिमाले गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए । यस्तै ५० औँ मिनेटमा एसेन्सिओले गोल गरेपछि रियल मड्रिड २–० ले विजयी भएको छ ।

जितपछि शीर्ष स्थानको रियल मड्रिडको ३५ खेलबाट ८० अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको ७६ अंक छ।

यस्तै लिग अन्तर्गत शुक्रबार राति नै भएको अर्को खेलमा ग्रानाडाले रियल सोसिडाडलाई ३–२ ले पराजित गरेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ६ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको