६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

बुटवलको देविनगरस्थित एक गोदाममा आगलागी, अढाई करोड बढीको क्षति



बुटवल । बुटवलको देविनगरस्थित एक गोदाममा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देविनगरको नारायणपथस्थित ओम प्राप्ती एण्ड प्रिसा सप्लायर्समा आज बिहान आगलागी भएको हो ।

सञ्चालक प्रिजम श्रेष्ठका अनुसार आगलागीबाट अढाई करोड बढी क्षति भएको जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार ४ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो ।

गोदाममा मोटरसाइकलका पार्ट्स, टायर, मोविल, लिक्वीड लगायतका सामग्रीहरु जलेर नष्ट भएका छन् । बिहान करिब ४ बजेको समयमा आगलागी भएको बारे आफूलाई जानकारी प्राप्त भएको सञ्चालक श्रेष्ठले बताए ।

स्थानीय, प्रहरी तथा वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि गोदामका अधिकांश सामग्री जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ९ : २८ बजे

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक