२७ भदौ २०८३, शनिबार | September 12, 2026

बुटवलको देविनगरस्थित एक गोदाममा आगलागी, अढाई करोड बढीको क्षति



बुटवल । बुटवलको देविनगरस्थित एक गोदाममा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देविनगरको नारायणपथस्थित ओम प्राप्ती एण्ड प्रिसा सप्लायर्समा आज बिहान आगलागी भएको हो ।

सञ्चालक प्रिजम श्रेष्ठका अनुसार आगलागीबाट अढाई करोड बढी क्षति भएको जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार ४ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो ।

गोदाममा मोटरसाइकलका पार्ट्स, टायर, मोविल, लिक्वीड लगायतका सामग्रीहरु जलेर नष्ट भएका छन् । बिहान करिब ४ बजेको समयमा आगलागी भएको बारे आफूलाई जानकारी प्राप्त भएको सञ्चालक श्रेष्ठले बताए ।

स्थानीय, प्रहरी तथा वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि गोदामका अधिकांश सामग्री जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ९ : २८ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल