७ कार्तिक २०८३, शनिबार | October 24, 2026

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्



काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने आज पशुपति क्षेत्रमा भेटिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिए । उनी हराउनुका कारण पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको उनले बताए ।

“अहिले उनी विक्षिप्त अवस्थामा छिन्, ‘काउन्सिलिङ’ गरेपछि मात्रै जानकारी लिने काम हुन्छ”, प्रवक्ता अधिकारीले भने । उनको घर चितवनको कालिका नगरपालिका–६ जमुनापुर भए पनि लामो समयदेखि कलङ्कीस्थित मामाघरमा बसेर इञ्जिनियरिङ पढ्दै आएकी थिइन् । उनी यही वैशाख १९ गतेदेखि हराइरहेकी थिइन् ।

परीक्षा आउन लागेकाले तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किएकी उनले पछि फोन गरेर घर आउन लागेको बताएपछि सम्पर्कविहीन भएकी उनका परिवारले बताएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १० : ५० बजे

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको

भोजपुरका किसानलाई धान थन्काउन चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले

दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६