११ चैत्र २०७९, शनिबार | March 25, 2023

रुपन्देहीको लुम्बिनी फायरलाईनमा जीप दुर्घटना, १ जनाको मृत्यु, ४ जना घाईते



बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका-५ पिपरी चापाँमा शनिबार साँझ स्कारपियो जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गाडी चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा-११, शिवपुरका अन्दाजी ३८ वर्षीय सुरज खड्का रहेको प्रहरी ले जनाएको छ ।

लुम्बिनी-फायरलाइन सडक खण्ड अन्तर्गत हरैंयाबाट फायरलाइनतर्फ जाँदै गरेको बा १५ च ९३८९ नम्बरको स्करपियो जीप अनियन्त्रित भई सालको रुखमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक ईन्द्रबहादुर चौधरीले बताए । दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बुटवल उपमहानगरपालिका-१० का नबिन कुमार थापा, तिलोत्तमा नगरपालिका-७ का यम बहादुर राना, तिलोत्तममा-२ का सन्दिप श्रेष्ठ र तिलोत्तममाकै सुवास क्षेत्री रहेका छन् । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ भने घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ११ : १८ बजे

कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको

असिनाले हिउँदेबाली र तरकारीखेती नष्ट

बेनी । शुक्रबार परेको भीषण असिनाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा

हरियो धनियाँको मुठा बेचेर वार्षिक तीन लाख

बेनी । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित

प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च

मिथिलामा वासन्ती छठ पर्व सुरु

महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा