२९ मंसिर २०८२, सोमबार | December 15, 2025

रसुवागढी नाकाबाट भित्रिएको सामग्रीको भन्सार प्रक्रिया शुरू



रसुवागढी । रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्रीको भन्सार प्रक्रिया शुरू भएको छ ।

सामान बोकेका ४० कन्टेनर भन्सार हातामा प्रवेश गरिसकेको र तिनको भन्सार शुल्क असूली एवं जाँचपासको प्रक्रिया अगाडि बढाइएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए । आयात भएका सामानमा जुत्ता, चप्पल, लत्ताकपडालगायत रहेको बताइएको छ ।

चीनको वुहान शहरमा सङ्क्रमण शुरू भएको कोभिड –१९ नियन्त्रणका लागि गत माघ १५ गतेदेखि आवतजावतसमेत बन्द गरिएको रसुवागढी नाकाबाट दुवै देशका छिमेकी अधिकारीबीच आपसी सल्लाहबाट स्वास्थ्यको उच्च सतर्कता अपनाई सामान आयात गर्न थालिएको भन्सार कार्यालयले जनाएको छ ।

आयात भएका सामग्री सहज ढुवानीका लागि वर्षाको भलपानीले अवरूद्ध स्याफ्रुबेँसी– टिमुरे खण्डको राजमार्ग दिनहुँ सफा गर्ने काम भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

दैनिक सरदर रु तीन करोड राजश्व आय हुने रसुवागढी क्षेत्रमा कोभिड –१९ का कारण हालसम्म करीब रु पाँच अर्ब राज्यकोषलाई घाटा परिसकेको जनाइएको छ । रासस

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ६ : ५६ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार