४ पुस २०८२, शुक्रबार | December 19, 2025

अमिताभ बच्चनपछि अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण



एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनले ट्वीटर मार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन् ।

अभिषेकका पिता अमिताभले शनिबार राति आफूलाई कोरोना भाइरस संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए ।

उनले आफ्नो ट्वीटमा संक्रमण पुष्टि भएपश्चान आफू नानावति अस्पतालको आइसोलेशनमा बसेको जानकारी गराएका थिए । उनले परिवारका अन्य सदस्य र आफूसँग काम गर्नेहरुको पनि कोरोना भाइरस परिक्षण भएको र नतिजा पर्खिएर बसेको जानकारी गराएका थिए ।

त्यसको एक घण्टामा नै अभिषेकले आफू पनि कोरोना पोजेटिभ देखिएको जानकारी गराएका छन् । उनले बुबा र आफूलाई सामान्य लक्षण देखिएको र अहिले अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन् ।

कोरोना पोजेटिभ भईसकेपछि सम्बन्धित सबै प्रशासनलाई खबर गरिएको र परिवारका अन्य सदस्य तथा कर्मचारीको परिक्षण गराइएको बताएका छन् ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ७ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको