१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

एनआरएनएद्वारा डिजिटल परिचयपत्र वितरण सुरु



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले डिजिटल परिचयपत्र वितरण कार्यलाई अघि बढाएको छ ।

एनआरएनएलाई डिजिटल प्रविधियुक्त बनाउन स्मार्ट एनआरएनए प्रोजेक्टको घोषणा गरेलगतै संघले डिजिटल परिचयपत्रसम्बन्धी काम अघि बढाएको हो ।

संघका महासचिव डा. हेम राज शर्माका अनुसार एनआरएन अमेरिका, अष्ट्रेलिया पछि कतार, जर्मनी र जापानका सदस्यहरुलाई डिजिटल आईडि वितरण गरिने भएको छ । संघले पहिलो पटक मध्यपूर्वको कतारबाट परिचयपत्र बाँढ्न सुरु गरेको हो ।

एमआईएस प्रणालीमा दर्ता नभएमा वा सदस्यको पूर्ण विवरण (नाम, फोटो, र ईमेल) प्राप्त नभएका राष्ट्रिय समितिलाई तत्काल डिजिटल परिचयपत्र वितरण गर्न नसकिने संघले जनाएको छ । पन्जिकृत सदस्यको पूर्ण विवरण केन्द्रमा पुगेपछि मात्र डजिटल आईडि वितरण गर्न सकिने संघले बताएको छ ।

एनआरएनए यूकेको विवरण पठाउन ढिलाई
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले एमआईएस प्रणालीबाट सदस्यता वितरण नगरेका कारण सदस्यता वितरण प्रकृयामा ढिलाई हुने भएको छ ।

एनआरएनए यूकेका सदस्यहरुको विवरण पूर्णरुपमा एमआईएस प्रणालीमा रुपान्तरण भई नसकेको र सम्पूर्ण सदस्यहरुको पूर्ण विवरण (ईमेल) केन्द्रमा प्राप्त नभएको कारणले परिचयपत्र वितरणमा ढिलाई हुने भएको संघका महासचिव डा. शर्माले जनाएका छन् ।

एनआरएनए यूकेको सदस्यहरुको परिचयपत्र बन्न ढिलाई भए पछि संघले सदस्यता वितरण समितिका संयोजक रामचन्द्र पोखरेलको संयोजकत्वमा रहेका समितिलाई परिचालन गरेको छ ।

एनआरएन यूके लगायतका सदस्यहरुको सम्पूर्ण विवरण प्राप्त भएपछि सबै राष्ट्रिय समितिमा डिजिटल परिचयपत्र वितरण सुरु हुने डा। शर्माले बताए ।

योसंगै बेलायतमा ढिलाई हुन गैरहेको डिजिटल परिचयपत्र वितरणको काम अगाडि बढेको हो

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १२ : ०१ बजे

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व