२५ जेष्ठ २०८०, बिहिबार | June 8, 2023

जनता समाजवादी पार्टी जसपाले भन्यो, ‘यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन’



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)पास गर्न नहुने बताएको छ ।

लामो समयसम्म एमसीसीबारे कुनै धारणा नबनाएको जसपाले सरकारलाई यथास्थितिमा एमसीसी पारित गर्न नहुने सुझाव सरकारलाई दिएको छ ।

तत्कालिन समाजवादी पार्टी र जनता समाजवादी पार्टीका नेताहरु एमसीसी विवादबारे मौन रहेका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसी विवाद चर्को बनिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पास गर्नुपर्ने धारणा सार्वजनिक गरिसकेको छ ।

पार्टी एकीकरण भएपछि बनेको जसपा नेपालले आफ्नो प्रवास सङ्गठनमार्फत धारणा सार्वजनिक गर्दै एमसीसी सम्झौताका शर्तहरु खतरनाक रहेको जनाएको छ । एमसीसीमा उल्लेखित शर्तहरुले बाहिर सहयोग जस्तो देखिएपछि भित्रभित्र लुट, उपनिवेशवादी रहेको दाबी गरिएको छ । एमसीसी ईष्ट ईण्डिया कम्पनीजस्तै रहेको निष्कर्षजसपाको प्रवास संगठनले निकालेको छ ।

जसपाको प्रवास संगठनले एमसीसीबारे अध्ययन गर्नका लागि तीन सदस्यीय कार्यदल बनाएको थियो । नेपालले जुनसुकै देशसँग सहयोग, अनुदान सक्ने तर राष्ट्रियता र स्वधीनतामा आँच आउने खालको शर्तहरु राखेर सहयोग लिन र सहकार्य गर्न नसकिने कार्यदलको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रघात हुनेगरी कुनै पनि शर्तहरु स्वीकार गर्न नहुने सझाव पनि कार्यदलले दिएको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ३ : ११ बजे

रामायणमा रणवीर र आलिया राम-सीता

मुम्बई, २५ जेठ । फिल्म निर्माता तथा निर्देशक नितेश तिवारीको

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०/८१

लागुऔषधसहित एकजना पक्राउ

झापा।  बिर्तामोड नगरपालिका-७ हल्दिबारी जाने बाटोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो

जहाज किन्न लाग्दा घेराबन्दी सुरू गरियो :मन्त्री किराँती

खोटाङ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज किन्न

इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल

एजेन्सी । इरानले आफ्नो पहिलो हाइपरसोनिक मिसाइल विश्वसामु प्रक्षेपण गरेको