१३ असार २०८३, शनिबार | June 27, 2026

जनता समाजवादी पार्टी जसपाले भन्यो, ‘यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन’



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)पास गर्न नहुने बताएको छ ।

लामो समयसम्म एमसीसीबारे कुनै धारणा नबनाएको जसपाले सरकारलाई यथास्थितिमा एमसीसी पारित गर्न नहुने सुझाव सरकारलाई दिएको छ ।

तत्कालिन समाजवादी पार्टी र जनता समाजवादी पार्टीका नेताहरु एमसीसी विवादबारे मौन रहेका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसी विवाद चर्को बनिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पास गर्नुपर्ने धारणा सार्वजनिक गरिसकेको छ ।

पार्टी एकीकरण भएपछि बनेको जसपा नेपालले आफ्नो प्रवास सङ्गठनमार्फत धारणा सार्वजनिक गर्दै एमसीसी सम्झौताका शर्तहरु खतरनाक रहेको जनाएको छ । एमसीसीमा उल्लेखित शर्तहरुले बाहिर सहयोग जस्तो देखिएपछि भित्रभित्र लुट, उपनिवेशवादी रहेको दाबी गरिएको छ । एमसीसी ईष्ट ईण्डिया कम्पनीजस्तै रहेको निष्कर्षजसपाको प्रवास संगठनले निकालेको छ ।

जसपाको प्रवास संगठनले एमसीसीबारे अध्ययन गर्नका लागि तीन सदस्यीय कार्यदल बनाएको थियो । नेपालले जुनसुकै देशसँग सहयोग, अनुदान सक्ने तर राष्ट्रियता र स्वधीनतामा आँच आउने खालको शर्तहरु राखेर सहयोग लिन र सहकार्य गर्न नसकिने कार्यदलको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रघात हुनेगरी कुनै पनि शर्तहरु स्वीकार गर्न नहुने सझाव पनि कार्यदलले दिएको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ३ : ११ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट