२० आश्विन २०८३, मंगलबार | October 6, 2026

आइतबार थपिए ८२ जना संक्रमित, ८ हजार ५८९ संक्रमित निको भएर घर फर्किए



काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या आइतबार पनि दुई अंकमै सीमित भएको छ ।

३ हजार ९१६ जनाको परीक्षण गर्दा गत २४ घण्टामा ८२ जना मात्र नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म संक्रमितको संख्या १६ हजार ८०१ जना रहेको छ ।

स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले हालसम्म ८ हजार ५८९ जना व्यक्ति कोरोना संक्रमणबाट निको भएर घर फर्किएको बताए । यो ५१ दशमलव १ प्रतिशत हो ।

यसैगरी ८ हजार १७४ जना व्यक्ति अझै पनि आइसोलेसन सेन्टरमा रहेका छन् । यस्तै, २३ हजार ७८४ जना व्यक्ति क्वारेन्टिमा रहेका छन् ।

उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले समुदायमा नमुना संकलन गर्न थालेको छ ।

नखुटोल, कोटेश्वर, संखमुल, बुढानिलकण्ठ, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, डिल्लीबजार, कागेश्वरी मनोहरा र टोखाबाट लगायत उपत्यकाका १२ वटा क्षेत्रबाट नमुना परीक्षण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले बताए ।

अहिलेसम्म संकलन भएका ३ हजार नमुना परीक्षण गर्दा १६ सय जनाको रिपोर्ट आउँदा ३ जनामा मात्रै पोजेटिभ देखिएको छ । उनीहरुको ट्राभल हिस्ट्री नभएको पाइएको पाण्डेले जानकारी दिए ।

असार २५ गतेबाट ४५ हजारको नमुना संकलनको काम अघि बढाइएको पनि उनले बताए । उपत्यकामा मात्रै ५ हजार नमुना संकलन हुनेछन् । बैंक तथा वित्तिय संस्था, मालपोत कार्यालय र आइसियु लगायत अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुको नमुना संकलन सुरु भएको पाण्डेले जानकारी दिए । अहिलेसम्म संकलन गरी रिपोर्ट आएका ५ सय ५ जनामा नेगेटिभ आएको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ४ : २५ बजे

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ ९आईपीयू०

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका