४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाँके प्रशासनको मास्क नलगाउनेसँग जरिवाना असुली सुरु, जरिवाना असुलीमा नगदी रसिद नदिएपछि पारदर्शितामा प्रश्न



नेपालगन्ज । बाँके प्रशासनले सरकारको निर्णय कार्यान्वयन गराउने भन्दै मास्क नलगाई हिँड्नेलाई कारवाहि प्रक्रिया थाले पनि कारवाहिको प्रक्रियाको पारदर्शितामा प्रश्न उठेको छ ।

मास्क नलगाई सार्वजानिक स्थानमा भेटिने सर्वसाधारणलाई प्रहरीले १ सय रुपैंया जरिवाना असुल गरेपनि जरिवाना बापतको नगदि रसिद नदिए पछि कारवाहि प्रक्रियाको पारदर्शितामा प्रश्न उठेको हो ।

सरकारले मास्क अनिर्वाय प्रयोग गर्न निर्देशन गरेसंगै जिल्ला प्रशासन कार्यालय बाँकेले प्रहरीलाई संक्रामक ऐन अनुसार मास्क नलगाई सार्वजानिक स्थानमा हिँड्नेबाट १ सय जरिवाना असुल्न निर्देशन दिएको थियो । नगदी ररिद बिना प्रहरीले मास्क नलगाउनेहरुसंग जरिवना माग्न थालेपछि उठेको रकममा हिनामिना हुन सक्ने प्रश्न उठेको छ ।

मास्क नलगाउने पैदल यात्रुहरुलाई प्रहरीले प्रहरीकै गाडीमा सामाजिक दुरी बिना कोचेर प्रहरीको परामर्श केन्द्रमा पु¥याए पनि साईकल, मोटरसाईकलमा बिना मास्क हिंड्नेहरुले नगद १ सय बुझाएर प्रहरीबाट उन्मुक्ति लिएका थिए ।

प्रहरीले उठाएको जरिवाना रकम सबै राजश्वमा जाने कुरामा आशंका गर्न सकिने ठाँउ रहेको जरिवाना तिरेका एक जना सर्वसाधारणले खबरकुरालाई बताए ।

प्रहरीले भने जरिवाना बापत उठेको रकम हिनामिना नभएको दाबी गरेको छ । परामर्श केन्द्रमा पु¥याईएकाहरुलाई फारम भराई मास्क नलगाई हिंडेको कबुलियत गराएर मात्र रकम दाखिला गरिएकोले हिनामिना हुन नसक्ने बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले बताए । उनले बाटोमा भेटिएकै स्थानमा जरिवना असुल गरेको आरोपको अस्विकार गर्दै परामर्श केन्द्रमा लगेर कबुलियत फारम नभराई नगद नलिएको बताए ।

बाँके प्रहरीले आज मात्र १०० जना पुरुष र १८ जना महिलाबाट ११ हजार ८०० रुपैयाँ जरिवाना उठेको जनाएको छ । प्रहरीले जरीवाना रकम बुझाउन नसक्ने नागरिकहरुलाई मास्क बितरण गरी सम्झाई बुझाई छाडिएको समेत बताएको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १० : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको