२६ असार २०८३, शुक्रबार | July 10, 2026

कोरोना कहरले विकासको मुल फुटेको नरैनापुरमा सर्पदंश सेवा पनि



नेपालगञ्ज । अघिल्लो महिना कोरोनाको हटस्पट बनेर सबैको ध्यान तानेको नरैनापुरले कोरोना कहरकै बीच विकासको मुल फुटाएको छ । ४ दशकको प्रतिक्षामा नरैनापुरबासीले बिजुली बाल्न मात्र पाएका छैनन्, मोटर चढ्न, नेपाली मोबाईल सिमबाट कुरा गर्न, नेपाली रुपैयाँमा खरिदबिक्रि गर्न र नेपाली डाक्टरसँग उपचार गर्ने पनि कोरोना कहरकै बीचमा नरैनापुरबासीले अवसर पाएका छन् । एकैपटक धेरै बिकासका लहर आएको नरैनापुरमा यसै हप्ता सर्पदंशका बिरामीहरुको उपचार गर्नेगरी संरचना निर्माण गर्न पनि थालिएको छ । सर्पदंशका कारण हरेक वर्ष ज्यान गुमाउनु परेका नरैनापुरबासीले अव ज्यान गुमाउनु नपर्ने भएको छ ।

कोरोना कहरकै बीच बाँकेको नरैनापुरको विकासले तिव्रता पाएको छ । केही दिनअघि बिजुली र सडक एकैसाथ पुगेको नरैनापुरमा विशेषज्ञ चिकित्सकले समेत सेवा दिन थालेका छन् । यही ठाउँमा सर्पदंश उपचार केन्द्र स्थापना गर्ने तयारी थालिएको छ । वर्षेनी नागरीकहरुले उपचार अभावमा ज्यान गुमाउन थालेपछि सर्पदंश उपचार केन्द्र स्थापना गर्न थालिएको हो । त्यसको लागि आवश्यक पर्ने मेडिकल साम्रगीहरु नरैनापुर पुगिसकेका छन् ।

विकासले गती लिइरहेको नरैनापुरमा पहिलोपटक सर्पदंश उपचार केन्द्र स्थापना तयारी गरिएको हो । नरैनापुर स्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा नै सर्पदंशका बिरामीहरुको उपचार गर्नेगरी तयारी थालिएको हो ।

समयमा नै उपचार नपाउँदा नरैनापुरमा सर्पदंशका बिरामीहरुले अकालमा नै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको थियो । सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमूना) को पहल र प्रदेश ५ सरकारको सहयोगमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न थालिएको छ । त्यसका लागि आवश्यक पर्ने मेडिकल साम्रगीहरु स्वास्थ्य केन्द्रमा पु¥याइसकिएको छ । समयमै उपचार नपाउँदा वर्षायाममा सर्पदशंका कारण धेरैले ज्यान गुमाएपछि सर्पदशं उपचार केन्द्रको स्थापना गर्न लागिएको प्रदेश सांसद नमूनाले जानकारी दिइन् ।

सर्पदंश उपचार केन्द्र स्थापना गर्ने तयारीसँगै स्वास्थ्य केन्द्रका डाक्टर सागर पन्तलाई समेत सर्पदंश उपचार सम्बन्धी तालिम दिइएकोे छ । उनकै अगुवाईमा यहाँ सर्पदंशका बिरामीहरुको उपचार गरिनेछ । केही दिनमा मेसिनहरु जडान गरेपछि सेवा सञ्चालनमा ल्याइने प्रदेश सांसद नमूनाले जानकारी दिइन् । गम्भिर खालका बाहेक अन्य सबै सर्पदंशका बिरामीहरुको उपचार यही गर्न सकिनेगरी तयारी गरिएको बताउँदै उनले अन्य आवश्यक मेडिकल साम्रगी दिन प्रदेश सरकारसँग कुरा भईरहेको बताईन् ।

नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले सर्पदंश उपचार केन्द्र स्थापना हुन लागेकोमा खुशी व्यक्त गरे । गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग आफुहरु गर्न तयार रहेको बताउँदै उनले अझै यहाँको स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ११ : ३४ बजे

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयको खर्च कति ?

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

गणेश नेपालीको अवस्था चिन्ताजनक, जुनसुकै बेला थप बिग्रन सक्छ : वीर अस्पताल

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले