२४ मंसिर २०८०, आइतबार | December 11, 2023

१० नेपाली कलाकार जसले बलिउड पुगेर देखाए आफ्नो प्रतिभा



काठमाडौं । कलाको कुनै सीमा हुँदैन । कलाकारहरुले आफ्नो प्रतिभा देखाउने मञ्च पाए भने जहाँ पुगेर पनि आफ्नो क्षमता देखाउन सक्छन् । केही नेपाली कलाकारहरु पनि यस्तै छन् । नेपालजस्तो सानो र अल्पविकसित मुलुकका नागरिक भएर पनि ती कलाकारहरुले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाएका छन् । केही नेपाली कलाकारहरु यस्ता छन् जसले बलिउडमा पुगेर आफ्नो प्रतिभा देखाएका छन् ।

 

 

१. उदित नारायण झा

सन् १९७० मा रेडियो नेपालबाट मैथिली लोक गायकको रुपमा गायन करिअर सुरु गरेका उदित नारायण झा आज बलिउडका सफल गायकहरुमध्ये एक हुन् । उदित नारायणको जन्म नेपालको सप्तरी जिल्लामा भएको थियो । नेपाली संगीत क्षेत्रमा ८ वर्ष बिताएपछि उनी बलिउड पुगेका थिए । १९८० को दशकदेखि बलिउडमा उचाइ लिन सुरु गरेका उदितले अहिले बलिउडमा छुट्टै पहिचान बनाइसकेका छन् ।

 

२. मनिषा कोइराला

सुन्दर र प्रतिभाशाली अभिनेत्री मनिषा कोइरालाले पनि बलिउडमा आफ्नो छुट्टै उचाइ बनाइसकेकी छिन् । ९० को दशकमा बलिउडकी सबैभन्दा व्यस्त नायिकामध्येकी एक मनिषा पनि नेपाली हुन् । उनी पूर्व प्रधानमन्त्री बीपी कोइरालाकी नातिनी हुन् । मोडलिङ हुँदै बलिउड प्रवेश गरेकी मनिषाले दिल से, सौदागर, मन जस्ता सुपरहिट फिल्म दिइसकेकी छिन् ।

 

३. माला सिन्हा

माला सिन्हा क्रिस्चियन नेपाली परिवारकी छोरी हुन् । उनको परिवार पछि भारतको कलकत्तामा बसाइ सरेको थियो । बलिउडकी दिग्गज अभिनेत्री मालाले बंगाली फिल्मबाट करिअर सुरु गरेकी थिइन् । उनले नेपाली फिल्म माइतीघरमा पनि काम गरेकी छिन् । मालाले जिद, राधा का संगम, वक्त का सिकंदर, धन दौलत, बेरहम लगायतका चर्चित बलिउड फिल्ममा काम गरेकी छिन् ।

४. भोलाराज सापकोटा

रणवीर कपूर, प्रियंका चोपडा र इलियाना डिक्रुजको चर्चित बलिउड फिल्म ‘बर्फी’मा रणवीर कपूरको आवाजको रुपमा काम गर्ने अभिनेता भोलाराज सापकोटा नेपाली हुन् । मूल रुपमा नेपाली फिल्मका अभिनेता सापकोटाले यो खेलमा उत्कृष्ट सपोर्टिङ भूमिका निर्वाह गरेका थिए ।

 

५. पूर्णिमा श्रेष्ठ

पूर्णिमा श्रेष्ठ बलिउडकी चर्चित पार्श्व गायिका हुन् । उनलाई सुषमा श्रेष्ठको नामले पनि चिनिन्छ । उनले बाल गायिकाको रुपमा करिअर सुरु गरेकी थिइन् । नेपाली नेवार समुदायकी पूर्णिमाले माधुरी दीक्षितको आइकोनिक गीत ‘चने के खेत में’मा आवाज दिएकी थिइन् ।

 

६. आदित्य नारायण झा

उदितनारायण झाका छोरा आदित्य नारायण पनि बलिउडका स्थापित गायक भइसकेका छन् । बालकलाकारको रुपमा अभिनय समेत गरेका आदित्य चर्चित गायन रियालिटी शो इण्डियन आइडलका होस्ट समेत थिए ।

 

७. सुनील थापा

नेपाली फिल्मका चर्चित खलनायक सुनिल थापाले बलिउडका कैयौं फिल्ममा आफ्नो कला देखाइसकेका छन् । चर्चित भारतीय बक्सर मेरी कोमको बायोपिकमा मेरी कोमको कोचको भूमिका सुनिल थापाले नै गरेका थिए जसले उनको करिअरलाई छुट्टै उचाइ दिएको थियो । बलिउडमा १९८१ मा एक दूजे के लिए फिल्मबाट बलिउड प्रवेश गरेका उनले दक्षिण भारतीय फिल्ममा पनि काम गरेका छन् । सी बिक्रमको तमिल फिल्म स्केचमा पनि उनले काम गरेका थिए ।

 

८. तेरिया मगर

२०१४ मा चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर्स’की विजेता तेरिया नेपाली हुन् । मूल रुपले रुपन्देहीको रुद्रपुरकी तेरिया बलिउडमा स्थापित भइसकेकी छिन् । तेरियाले अर्को गायन रियालिटी शो झलक दिखला जा सिजन ९ पनि जितेकी थिइन् ।

 

९. झरना बज्राचार्य

१९९७ की मिस नेपाल वर्ल्ड झरना बज्राचार्यले पनि बलिउडमा आफ्नो कला देखाइसकेकी छिन् । सोनु निगमको मुख्य भूमिका रहेको फिल्म लभ इन नेपालमा झरनाले काम गरेकी छिन् । यो फिल्म २००४ मा रिलिज भएको थियो ।

 

१०. उषा पौडेल

नेपाली अभिनेत्री उषा पौडेलले पनि बलिउडमा आफ्नो स्थान बनाउँदैछिन् । केही नेपाली फिल्ममा शीर्ष अभिनेत्रीको रुपमा काम गरेपछि उषा बलिउड पुगेकी थिइन् । बलिउडमा उषाले तुझ संग प्रीत लगाइ सजना, जय जय जय बजरंग बली, अदालत जस्ता टेलिभिजन सिरिजमा काम गरिसकेकी छिन् । उनी मूल रुपले जनकपुरकी हुन् ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ११ : २० बजे

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

पोखरा । पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

औद्योगिक विकासका लागि नीतिगत निर्णय कार्यान्वयनमा जोड

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले ठोस औद्योगिक विकासका लागि

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्पताल भर्ना

काठमाडौं। नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो

शेखर कोइरालाले बोलाए गुट बैठक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक