११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

१० नेपाली कलाकार जसले बलिउड पुगेर देखाए आफ्नो प्रतिभा



काठमाडौं । कलाको कुनै सीमा हुँदैन । कलाकारहरुले आफ्नो प्रतिभा देखाउने मञ्च पाए भने जहाँ पुगेर पनि आफ्नो क्षमता देखाउन सक्छन् । केही नेपाली कलाकारहरु पनि यस्तै छन् । नेपालजस्तो सानो र अल्पविकसित मुलुकका नागरिक भएर पनि ती कलाकारहरुले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाएका छन् । केही नेपाली कलाकारहरु यस्ता छन् जसले बलिउडमा पुगेर आफ्नो प्रतिभा देखाएका छन् ।

 

 

१. उदित नारायण झा

सन् १९७० मा रेडियो नेपालबाट मैथिली लोक गायकको रुपमा गायन करिअर सुरु गरेका उदित नारायण झा आज बलिउडका सफल गायकहरुमध्ये एक हुन् । उदित नारायणको जन्म नेपालको सप्तरी जिल्लामा भएको थियो । नेपाली संगीत क्षेत्रमा ८ वर्ष बिताएपछि उनी बलिउड पुगेका थिए । १९८० को दशकदेखि बलिउडमा उचाइ लिन सुरु गरेका उदितले अहिले बलिउडमा छुट्टै पहिचान बनाइसकेका छन् ।

 

२. मनिषा कोइराला

सुन्दर र प्रतिभाशाली अभिनेत्री मनिषा कोइरालाले पनि बलिउडमा आफ्नो छुट्टै उचाइ बनाइसकेकी छिन् । ९० को दशकमा बलिउडकी सबैभन्दा व्यस्त नायिकामध्येकी एक मनिषा पनि नेपाली हुन् । उनी पूर्व प्रधानमन्त्री बीपी कोइरालाकी नातिनी हुन् । मोडलिङ हुँदै बलिउड प्रवेश गरेकी मनिषाले दिल से, सौदागर, मन जस्ता सुपरहिट फिल्म दिइसकेकी छिन् ।

 

३. माला सिन्हा

माला सिन्हा क्रिस्चियन नेपाली परिवारकी छोरी हुन् । उनको परिवार पछि भारतको कलकत्तामा बसाइ सरेको थियो । बलिउडकी दिग्गज अभिनेत्री मालाले बंगाली फिल्मबाट करिअर सुरु गरेकी थिइन् । उनले नेपाली फिल्म माइतीघरमा पनि काम गरेकी छिन् । मालाले जिद, राधा का संगम, वक्त का सिकंदर, धन दौलत, बेरहम लगायतका चर्चित बलिउड फिल्ममा काम गरेकी छिन् ।

४. भोलाराज सापकोटा

रणवीर कपूर, प्रियंका चोपडा र इलियाना डिक्रुजको चर्चित बलिउड फिल्म ‘बर्फी’मा रणवीर कपूरको आवाजको रुपमा काम गर्ने अभिनेता भोलाराज सापकोटा नेपाली हुन् । मूल रुपमा नेपाली फिल्मका अभिनेता सापकोटाले यो खेलमा उत्कृष्ट सपोर्टिङ भूमिका निर्वाह गरेका थिए ।

 

५. पूर्णिमा श्रेष्ठ

पूर्णिमा श्रेष्ठ बलिउडकी चर्चित पार्श्व गायिका हुन् । उनलाई सुषमा श्रेष्ठको नामले पनि चिनिन्छ । उनले बाल गायिकाको रुपमा करिअर सुरु गरेकी थिइन् । नेपाली नेवार समुदायकी पूर्णिमाले माधुरी दीक्षितको आइकोनिक गीत ‘चने के खेत में’मा आवाज दिएकी थिइन् ।

 

६. आदित्य नारायण झा

उदितनारायण झाका छोरा आदित्य नारायण पनि बलिउडका स्थापित गायक भइसकेका छन् । बालकलाकारको रुपमा अभिनय समेत गरेका आदित्य चर्चित गायन रियालिटी शो इण्डियन आइडलका होस्ट समेत थिए ।

 

७. सुनील थापा

नेपाली फिल्मका चर्चित खलनायक सुनिल थापाले बलिउडका कैयौं फिल्ममा आफ्नो कला देखाइसकेका छन् । चर्चित भारतीय बक्सर मेरी कोमको बायोपिकमा मेरी कोमको कोचको भूमिका सुनिल थापाले नै गरेका थिए जसले उनको करिअरलाई छुट्टै उचाइ दिएको थियो । बलिउडमा १९८१ मा एक दूजे के लिए फिल्मबाट बलिउड प्रवेश गरेका उनले दक्षिण भारतीय फिल्ममा पनि काम गरेका छन् । सी बिक्रमको तमिल फिल्म स्केचमा पनि उनले काम गरेका थिए ।

 

८. तेरिया मगर

२०१४ मा चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर्स’की विजेता तेरिया नेपाली हुन् । मूल रुपले रुपन्देहीको रुद्रपुरकी तेरिया बलिउडमा स्थापित भइसकेकी छिन् । तेरियाले अर्को गायन रियालिटी शो झलक दिखला जा सिजन ९ पनि जितेकी थिइन् ।

 

९. झरना बज्राचार्य

१९९७ की मिस नेपाल वर्ल्ड झरना बज्राचार्यले पनि बलिउडमा आफ्नो कला देखाइसकेकी छिन् । सोनु निगमको मुख्य भूमिका रहेको फिल्म लभ इन नेपालमा झरनाले काम गरेकी छिन् । यो फिल्म २००४ मा रिलिज भएको थियो ।

 

१०. उषा पौडेल

नेपाली अभिनेत्री उषा पौडेलले पनि बलिउडमा आफ्नो स्थान बनाउँदैछिन् । केही नेपाली फिल्ममा शीर्ष अभिनेत्रीको रुपमा काम गरेपछि उषा बलिउड पुगेकी थिइन् । बलिउडमा उषाले तुझ संग प्रीत लगाइ सजना, जय जय जय बजरंग बली, अदालत जस्ता टेलिभिजन सिरिजमा काम गरिसकेकी छिन् । उनी मूल रुपले जनकपुरकी हुन् ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ११ : २० बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र